×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

हाम्रो विकास बैंकको मर्जर प्रस्ताव फेल, २०० प्रतिशत हकप्रद र २५ प्रतिशत बोनस दिने

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : ३ माघ २०७३, सोमबार

PRIME CA
laxmi sunrise bank

हाम्रो विकास बैंकको मर्जर प्रस्ताव फेल, २०० प्रतिशत हकप्रद र २५ प्रतिशत बोनस दिने

  • अर्थ सरोकार सम्बाददाता 

नुवाकोटमा केन्द्रीय कार्यालय रहेको क्षेत्रीयस्तरको हाम्रो विकास बैंकको साधारणसभाले मर्जर प्रस्ताव पुन अस्विकृत गरेको छ । बैंकको साधारणसभामा संचालक समितिबाट प्रस्तुत २५ प्रतिशत बोनस सेयर र १ बराबर २ अनुपातमा हकप्रद सेयर बितरण गर्ने प्रस्ताव पारित भए पनि अन्य बैंक तथा वित्तिय संस्थास“ग मर्जरमा जाने प्रस्ताव भने अस्विकृत भएको हो ।
यसअघि हाम्रो विकास बैंक र ज्योती विकास बैंक एकआपसमा गाभिने गरी सम्झौता भए पनि अन्तिम अवस्थामा बिशेष साधारणसभामा सो प्रस्ताव फेल भएको थियो । त्यसकारण यसपटक भने मर्जरका लागि प्रक्रिया अघि बढाउन सन्चालक समितिलाई कुनै अधिकार दिने प्रस्ताव नै पारित भएन । बैंकको शनिवार बट्टार बजारमा भएको साधारणसभामा गत आर्थिक बर्षको मुनाफाबाट २५ प्रतिशत बोनस सेयर दिने निर्णय भएको छ ।
गतबर्ष पनि बैंकले १५ प्रतिशत बोनस दिएको थियो । हाल १२ करोड ५० लाख पुँजी रहेको सो बैंकले बोनसपछी चुक्तापु“जी १५ करोड ६२ लाख पुग्नेछ । त्यसपछी १ः२ अनुपातमा हकप्रद सेयर निष्काशन गरेपछी चुक्तापु“जी ५४ करोड ८७ लाख पुग्नेछ ।
राष्ट्र बैंकको निर्देशन अनुसार ३ जिल्ला कार्यक्षेत्र भएको बैंकको चुक्तापुँजी ५० करोड हुनुपर्नेछ । चालु आवको मुनाफाबाट बैंकले बोनस दिएपछी हाम्रो विकास बैंकले तोकिएको पुँजी पु¥याउने भएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: