
- अर्थ सरोकार संम्वाददाता
काठमाडौं – हाम्रो बिकास बैंक लिमिटेड (Hamro Bikas Bank Ltd) ले दोस्रो त्रैमाशमा नाफा ६४ दशमलव ६२ प्रतिशतले वृद्धि गरी २ करोड १५ लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोहि अवधिमा नाफा १ करोड ३० लाख रुपैयाँ कमाएको थियो ।
१५ करोड रुपैयाँ चुक्ता पूँजी भएको बैंकले जगेडाकोषमा ३ करोड ८८ लाख रुपैयाँ राखेको छ । निक्षेपमा ३६ दशमलव ५९ प्रतिशतले वृद्धि गरी १ अर्ब १७ करोड २१ लाख रुपैयाँ संकलन गरी कर्जामा १ अर्ब १ करोड ६५ लाख रुपैयाँ लगानी गरेको छ ।
बैकको खुद व्याज आम्दानीमा करीब ७० प्रतिशतले बढेर ४ करोड १४ लाख रुपैयाँ पुगेको छ भने संचालन मुनाफा ५७ प्रतिशतले वृद्धि गरी ३ करोड ८ लाख रुपैयाँ पुगेको हो । बैंकले प्रोभिजनमा ५७ लाख रुपैयाँ छुटाएको छ भने २९ लाख रुपैयाँ खराबकर्जा उठाएको छ ।
बैंक (HAMRO) को पूँजी कोष पर्याप्तता अनुपात १६।१३ प्रतिशत, निष्कृय कर्जा शुन्य दशमलव ६२ प्रतिशत, प्रतिशेयर आम्दानी वार्षिक २८ दशमलव १३ रुपैयाँ, पीइ करीब १४ दशमलव २१ गुणा, नेटवर्थ प्रति शेयर १ सय २४ दशमलव ८४ रुपैयाँ रहेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्