
एजेन्सी – अमेरिकाले आतंकवादी संगठन अलकायदाका पूर्व प्रमुख ओसामा बिन लादेनका छोरा हम्जा बिन लादेनलाई आतंककारी घोषणा गर्दै कालोसूचीमा राखेको सीएनएनले लेखेको छ। हम्जा ओसामाका सबैभन्दा कान्छा छोरा हुन्।
अमेरिकी विदेश मन्त्रालयले एक विज्ञप्ती जारी गर्दै हम्जा बिन लादेन अलकायदामा निकै सक्रिय रहेकोले आतंककारीको सुचिमा राखिएको उल्लेख गरेको छ। अमेरिकामाथि आक्रमण गर्ने धम्की दिएको भन्दै हम्जाको कुनै अमेरिकी नागरिकसंगका सबै प्रकारका व्यापारमा प्रतिबन्ध लगाउनुका साथै उनको कुनै सम्पत्ति भए जफत गरिने जनाएको छ।
अगस्ट २०१५ मा हम्जालाई औपचारिक रुपमा अलकायदाले आफ्नो सदस्य घोषणा गरेको अमेरिकी विदेश मन्त्रालयले जनाएको छ। त्यतिबेला नै हम्जाले अमेरिका लगायत पश्चिमा मुलुकमाथि आक्रमण गर्न अपिल गरेका थिए। गत जुलाईमा अलकायदाले जारी गरेको अडियो सन्देशमा हम्जाले अमेरिकासँग आफ्ना बुवाको हत्याको बदला लिने भन्दै अमेरिकी नागरिकलाई देश वा विदेश जहाँ भेटेपनि नछोड्ने चेतावनी दिएका थिए।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्