
- अर्थ सरोकार संम्वाददाता
काठमाडौं – नेपालका लागि नवनियुक्त चीनियाँ राजदूत यू हङ्गले पूर्व प्रधानमन्त्री तथा नेकपा ९एमाले०का वरिष्ठ नेता माधवकुमार नेपालसँग भेटवार्ता गरेका छन्। आज बिहान १० बजे पूर्व प्रधानमन्त्रीको नीजि निवास कोटेश्वरमा भएको भेटमा दुईबीच नेपाल चीन सम्बन्धका विषयमा कुराकानी भयो।
भेटवार्ताको आरम्भमै चीनियाँ राजदूतले नेपाल जस्तो सुन्दर एवम् चीनसँग ऐतिहासिक सम्बन्ध भएको असल छिमेकी राष्ट्रको राजदूतको रुपमा जिम्मेवारी पाउँदा आफु अत्यन्तै खुसी भएको बताएका थिए। उनले आफ्नो कार्यकाललाई दुबै देशको हितको पक्षमा अधिकतम उपयोग गर्ने बताए।
उनले भुकम्प पछिको पुनर्निर्माणको काममा नेपाललाई छिट्टै पूर्ण सफलता मिल्ने चीन सरकारको शुभेच्छा व्यक्त गरे। नेपाल र चीन बीच विविध क्षेत्रमा शुरु भएको साझेदारी तथा सहयोगलाई आफ्नो कार्यकालमा अभिवृद्धि गर्ने उनले बताए। चीनियाँ राजदूतले ुसार्वभौमसत्ता सम्पन्न नेपालले आन्तरिक विषयहरुलाई आफ्नै विशिष्टताको आधारमा हल गर्न र संविधानको सफलतापूर्वक कार्यान्वयन गर्न सकोस्ु भन्ने चीन सरकारको शुभेच्छा रहेको बताए।
पूर्व प्रधानमन्त्री नेपालले नवनियुक्त राजदूतलाई स्वागत गर्दै कार्यकाल सफलताको शुभकामना दिए। उनले नेपाल र चीन तथा आफ्नो पार्टी र चीनियाँ कम्युनिष्ट पार्टीबीच सुमधुर एवम् ऐतिहासिक सम्बन्ध रहेको बताए । उनले नेपाल एक चीन नीतिको पक्षमा रहेको र नेपाली भूमिमा चीन विरोधी कुनै पनि गतिविधि नहुन् भन्ने विषयमा नेपालमा एकमत रहेको बताए।
पूर्व प्रधानमन्त्री नेपालले चीनका वर्तमान राष्ट्रपति सी जिन पिङ्गले अगाडि सार्नुभएको ‘वन बेल्ट वन रोड’को अवधारणाको स्वागत गर्दै सोही अवधारणाको आधारमा नेपाल र चीन बीच उर्जा, व्यापार, शिक्षा, स्वास्थ्य, पर्यटन, भौतिक पूर्वाधार लगायत आर्थिक सम्बृद्धिका विविध क्षेत्रमा चीनियाँ सहयोग अभिवृद्धि गर्नुपर्ने आवश्यकता रहेको बताए।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्