×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्रेममा बाधा भएपछि घाँटी रेटेर श्रीमानको हत्या

GLOBAL IME BANK

प्रेममा बाधा भएपछि घाँटी रेटेर श्रीमानको हत्या

२८ पुष २०७३, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – रौतहट करुनियामा एक साताअघि भएको युवकको हत्यामा उनकै श्रीमती संलग्न भएको खुलेको छ । अभिनन्दन साहको हत्या प्रेममा बाधा भएपछि उनै श्रीमती सकुन्तलादेवीले गरेको खुलासा भएको प्रहरीले जनाएको छ ।
कतारमा रोजगारी गरेर एक महिनाअघि मात्रै घर फर्किएका २३ वर्षका अभिनन्दनको पुस २१ गते घाँटी रेटेर हत्या भएको थियो ।
साह कतार गएका बेला सकुन्तलाको पप्पु भनिने मनिषकुमार सुमनबीच प्रेम सम्बन्ध भएको बुझिएको प्रहरीले बताएको छ । उनीहरुबीच दुई वर्षदेखि प्रेम सम्बन्ध भएको बुझिएको छ ।
साहको टाउकोमा फलामको रड प्रहार गरी लडाएर चक्कुले घाँटी रेटी हत्या भएको प्रहरीले जनाएको छ । आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: