×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

स्वास्थ्य बीमाप्रति नेपालीको जनता आकर्षण बढ्दै

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

स्वास्थ्य बीमाप्रति नेपालीको जनता आकर्षण बढ्दै

२९ पुष २०७३, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार संम्वाददाता 

काठमाण्डौ – सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रमअन्तरगत म्याग्दीको बेनी नगरपालिकासहित ३५ गाविसमा स्वास्थ्य बीमा सदस्यता दर्ता घरदैलो अभियान शुरू गरिएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय र सामाजिक स्वास्थ्य सुरक्षा विकास समिति म्याग्दीको संयुक्त आयोजनामा शुरू गरिएको सो अभियानमा सर्वसाधारणको आर्कषण बढ्दै गएको अभियानमा खटिएका सहयोगीले बताए । स्वास्थ्य बीमा दर्ता गर्न ४३ जना दर्ता सहयोगी नियुक्त गरी उनीहरुलाई आवश्यक तालिमसहित घर–घरमा स्वास्थ्य बीमाका लागि पठाइएको सामाजिक स्वास्थ्य सुरक्षा विकास समिति म्याग्दीले बताएको  छ ।   
सरकारले उपलब्ध गराउँदै आएका स्वास्थ्य सेवालाई थप प्रभावकारी बनाउन यो कार्यक्रम ल्याएको छ, जिल्ला स्वास्थ्य कार्यालय म्याग्दीका डा। रोशन न्यौपानेले भने –यो कार्यक्रमलाई विपन्न र दुर्गम क्षेत्रको पहुँचसम्म पु¥याउने गरी ग्रामीण क्षेत्रमा स्वास्थ्यकर्मीले समेत सहयोग गरिरहेका छन् ।
अभियानमा खटिएका सहयोगीले सर्वसाधारणको घरदैलोमै पुगेर स्वास्थ्य बीमाको महत्वका बारेमा बुझाइरहेका छन् । भने दुर्गम क्षेत्रमा समेत सर्वसाधारणले बीमाप्रति चासो देखाउन थालेपछि सहयोगीलाई सहज भएको छ । 
कार्यक्रममा सहभागी हुन पाँच जनासम्मको परिवारले वार्षिक रुपमा प्रतिपरिवार दुई हजार ५ सय र पाँच जनाभन्दा बढी भएमा प्रति सदस्य ४ सय २५ का दरले थप रकम तिरेर सदस्य बनी स्वास्थ्य सेवा लिन पाइने व्यवस्था रहेको छ ।
सरकारले आर्थिक वर्ष २०७०÷७१ बाट पहिलो चरणमा नेपालका तीन जिल्ला कैलाली, बागलुङ र इलाम तथा दोस्रो चरणमा म्याग्दीसहित थप २२ जिल्लामा यो कार्यक्रम लागू गरिएको हो । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: