×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्रचण्ड हिटलर जस्तै तानाशाह भए : हेमन्त प्रकाश ओली

GLOBAL IME BANK

प्रचण्ड हिटलर जस्तै तानाशाह भए : हेमन्त प्रकाश ओली

२८ पुष २०७३, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार संम्वाददाता 

काठमाण्डौ – नेकपा माओवादी परित्याग गरेका हेमन्त प्रकाश ओलीले प्रचण्ड हिटलर जस्तै तानाशाह भएको आरोप लगाएका छन । प्रचण्ड हिटलर बन्न खोजेको आरोप लगाँउदै उनले प्रचण्डलाई जनअदालतमा उभ्याउने चेतावनी समेत दिएका छन ।
नेकपा माओवादीका स्थायी कमिटी सदस्य हेमन्तप्रकाश वलि ‘सुर्दशन’ले प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई ‘जनअदालत’मा उभ्याउने चेतावनी दिएका छन् ।  नेकपा माओवादी जाजरकोटको चौथो जिल्ला सम्मेलनको उद्‍घाटनगर्दै वलीले माओवादीले पनि आफ्नो जनसत्ता सञ्चालन गरेको बताए ।
प्रचण्ड पनि पूराना राजा भन्दा कम नभएको बताँउदै उनले पुरानो सत्ताका राजा बस्ने ठाउँमा पुगेका प्रचण्डलाई जनसत्तामा उभ्याएरै छाड्ने उद्घोष समेत गरेका छन  । प्रचण्ड पुरानो सत्ताको मालिक बनेकाले अबको क्रान्ति नै प्रचण्डविरुद्ध भएको उनले बताएका  छन ।
जनक्रान्ति हतियारको मात्र नभई राष्ट्रप्रैमीहरु सबैको हो । अबको लडाँइ भनेकै प्रचण्डसँगको हो ।    राष्ट्रप्रेमी सबै मिलेर क्रान्ति  गर्ने आवश्यक छ । उनले बाबुराम भट्टराईको पार्टी पनि नयाँ शक्ति नभई पुरानो शक्ति भएको आरोप लगाए ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: