
- अर्थ सरोकार संम्वाददाता
काठमाडौं – हिमालयन पावर पार्टनर लिमिटेडले माघ १७ गते आज देखि आइपीओमार्फत १० लाख ६५ हजार ४ सय १७ कित्ता साधारण शेयर निष्कासन गर्ने भएको छ । कम्पनीले प्रति शेयर रू१ सय अङ्कित दरमा आयोजना प्रभावित क्षेत्रका लागि निष्कासन गर्न लागेको छ ।
सोमध्ये उद्योग प्रभावित क्षेत्र लमजुङ जिल्लाका बासिन्दाहरु तथा आयोजना संरचना रहेको अति प्रभावित क्षेत्र लमजुङ जिल्लाको चिती, ढोडेनी, बन्सर, नौथर, श्रीमञ्ज्याङ र अर्चलेबोट गाविसका बासिन्दाहरुका लागि निष्कासित शेयरमध्ये ५ लाख ३२ हजार कित्ता रहेको छ । बाँकी ५ लाख ३२ हजार ७ सय ९ कित्ता अन्य लमजुङ जिल्लाका सम्पूर्ण बासिन्दाहरुलाई बाँडफाँट गर्ने गरी निष्कासन गर्ने भएको हो । कम्पनीको शेयर बिक्री छिटोमा फागुन २ र ढिलोमा फागुन १७ गते बन्द हुनेछ ।
कम्पनीको धितोपत्र निष्कासन तथा विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । इच्छुक व्यक्तिहरुले हिमालयन पावर पार्टनर लिमिटेड आयोजनको साइट कार्यालय, ग्लोबल आइएमई बैङ्कका बेसीशहर शाखा, प्यासिफिक डेभलपमेण्ट बैङक, भेडेटार र कैलाश विकास बैङ्क लिमिटेडको बेसिशहर शाखा कार्यालयमार्फत आवेदन दिन सक्नेछन् ।
यो निष्कासन पश्चात् कम्पनीको चुक्ता पूँजी रू ८५ करोड २३ लाख पुग्ने कम्पनीले प्रकाशित गरेको आह्वान पत्रमा उल्लेख छ । कम्पनीले सर्वसाधारणको लागि २९ लाख ३० हजार ८ सय ३४ कित्ता आइपीओ निष्कासन गर्नेछ । सो निष्कासन पश्चात कम्पनीको चुक्ता पूँजी रू १ अर्ब ६ करोड पुग्नेछ ।

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्