Skip to content
LAXMI SUNRISE BANK

हिन्दु राज्य घोषणा नगरे धर्मयुद्ध गर्छौ : अध्यक्ष बम

अर्थ सरोकार

  • अर्थ सरोकार संम्वाददाता 

काठमाडौं – राष्ट्रिय शिव सेना पार्टीका अध्यक्ष बिक्रमबहादुर बमले नेपाललाई वैदिक सनातन हिन्दु अधिराज्य घोषणा नगरिए धर्मयुद्ध घोषणा गर्ने चेतावनी दिएका छन्। सोमबार रिपोर्टर्स क्लबमा आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘धर्मयूद्ध प्रहरी र जनताकोबीचमा हुँदैन, धार्मिक गद्दारकाबिरुद्धमा हुनेछ । 
आर्थिक आतङ्कवादीहरूको बिरुद्धमा हुनेछ ।  क्रिश्चियन तस्करीकाबिरुद्धमा हुनेछ।’ कार्यक्रममा नेपाल मातृभूमि पार्टीका अध्यक्ष ओमप्रकाश विश्वकर्माले धर्मपरिवर्तन समाजको रोग भएको भन्दै यस्ता धर्म परिवर्तन गराउने दलालीहरूलाई आफुहरूले कुनै हालतमा नछोड्ने चेतावनी दिए।
कार्यक्रममा नेपाल शिव सेनाका संयोजक सुरेन्द्र केसीले हाल देशमा बढ्दै गएको राजनीतिक उद्दण्डताप्रति आफ्नो ध्यानाकर्षण भएको बताएका छन् ।  उनले भने, ‘हिजो नागरिकलाई झुठा आश्वासन दिएर क्षणिक नागरिकको मन जित्न सफल भएका सत्ताप्राप्त गरिसकेपछि तिनै नागरिकको न्यूनतम आधारभूत आवश्यकताको कुरालाई पुरागर्न नसकि नागरिकलाई उल्टै भष्ट्रचार, महंगी, काला बजारी बेतिथि असुरक्षित वाताबरणको दलदलमा फसाएर देशलाई बर्बाद पार्नेलाई हामीले गरेको धर्मयूद्ध घोषणाले निद हराम पार्नेछ।’ त्यस्तै हिन्दुजागरण यूवासंघका अध्यक्ष पदम कुँबरले उक्त आन्दोलनमा आफूहरूको ऐकयबद्धता जायर गरेका छन्।    
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK