
- अर्थ सरोकार संम्वाददाता
काठमाडौं – हिमालय एयरलाइन्सले माघ अन्तिम सातादेखि मलेसियाको क्वालालम्पुर उडान गर्ने भएको छ । एयरलाइन्सले दोस्रो एयरवस थपेपछि माघ २८ गतेदेखि क्वालालम्पुर उडान गर्ने निश्चित भएको हो।
मलेसिया साताको पाँच दिन उडान गर्नेछ।सबैभन्दा बढी नेपाली कामदार कार्यरत रहेको मलेसियामा एयरलाइन्सले नयाँ गन्तब्य छानेको हो।मलेसियामा नेपाली ध्वजावाहक नेपाल वायुसेवा निगमले समेत उडान गर्छ।
यो वाहेक मलेसियाबाट एयर एसिया,मालिन्दो र मलेसियन एयरलाइन्सले नेपालमा उडान गर्छन्।हिमालयसँगै मलेसियाको गन्तब्य पनि प्रतिस्पर्धी भएको छ।मलेसियामा झण्डै सात लाख नेपाली कार्यरत रहेका छन्।
एयरलाइन्सको दोहा र कोलम्बोपछि क्वालालम्पुर तेस्रो गन्तब्य हुनेछ।एयरलाइन्सले दोस्रो नयाँ एयरवस ३२०२१४ जनवरीभित्रै थप्ने जनाएको छ। एयरलाइन्सले सेवा थालेको दोश्रो वर्षमा दोश्रो विमान थप्न लागेको हो।यो जहाज आएपछि क्वालालम्पुरपछि म्यानमारको राजधानी याङुनमा समेत फागुन १३ देखि सेवा थाल्नेछ।
९ एन एएलभी नेपाली रजिष्ट्रेसन नम्बर रहेको विमानमा १ सय ५८ इकोनोमी क्लास सिट क्षमता हुनेछ। एयरलाइन्सले २०१७ भित्र थप दुई विमान थप्ने जनाएको छ।एअरलाइन्सले काठमाडौ(क्वालालम्पुर(काठमाडौको लागि सुरुवाती टिकटदर २५ हजार तीनसय ७५ रुपैयाँ छ। मलेसियाका नागरिकलार्इ अझै सस्तो शुल्क राखिएको छ।
क्वालालम्पुर(काठमाडौ(क्वालालम्पुरको लागि २२ हजार २ सय ७२ रुपैयाँ ९ सय २८ रिङिट कायम गरेको छ। त्यसैगरी काठमाण्डौ(याङगुन(काठमाण्डौको लागि २९ हजार ६ र याङगुन काठमाण्डौ याङगुनको लागी ३२० अमेरिकी डलर कायम गरेको छ। दोश्रो एयरबसले नेपालको हवाई क्षेत्रको अन्तर्राष्ट्रिय सञ्जाललाई अझ सुदृढ बनाउने एयरलाइन्सका भाइस प्रेसिडेन्ट विजय श्रेष्ठले बताए।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्