
- अर्थ सरोकार संम्वाददाता
काठमाण्डौ – जनता आवास कार्यक्रम अन्तर्गत चालु आर्थिक वर्षमा मोरङ र सुनसरीमा १ हजार ६ सय आवासगृह निर्माण हुने भएको छ ।
मोरङ र सुनसरीमा ८र८ सय आवासगृह निर्माण गरिनेछ । यस कार्यक्रमको माध्यमबाट घरवारविहीन अवस्थामा रहेका अति विपन्न परिवार लाभान्वित हुने विश्वास गरिएको छ ।
नेपाल सरकारले भवन निर्माणका लागि छनोट भएका प्रत्येक परिवारलाई रु दुई लाख १२ हजारका दरले चार किस्तामा रकम उपलब्ध गराउनेछ भने रु १३ हजार प्राविधिक खर्चसमेत गरी एक आवासगृह निर्माणमा रु दुई लाख २५ हजार लागतपर्ने सहरी विकास तथा भवन निर्माण कार्यालय मोरङले जनाएको छ ।
सो कार्यका लागि मोरङ र सुनसरीमा रु चार करोड ५६ लाखका दरले रकम विनियोजन गरिएको र आवश्यक परेको अवस्थामा थप रकम निकासा हुने सो कार्यालयका प्रमुख श्यामकिशोर सिंहले जानकारी दिए ।
उक्त कार्यक्रम अन्तर्गत प्रत्येक परिवारका लागि २२ फिट लम्बाइ र १५ फिट चौडाइको दुई कोठा, बरण्डा र शौचालयसमेत गरी एक आवासगृह निर्माण गरिने कार्यालय प्रमुख सिंहले बताए ।
भवन निर्माणको आधार तयार गर्न अर्थात जग खन्नका लागि सुरुमा २५ प्रतिशत, त्यसपछिको कार्य गरेपछि ३५ प्रतिशत, इँटाको गारो निर्माणका लागि ३० प्रतिशत र जस्ताको छाना निर्माणका लागि १० प्रतिशत रकम दिइनेछ । कार्यालयले निर्धारण गरेको मापदण्डको आधारमा क्रमिक रुपमा छनोट भएका परिवारलाई रकम उपलब्ध गराइने सो कार्यालयले जनाएको छ ।
आवास सुविधा पाउने परिवारका लागि सरकारले मापदण्ड निर्धारण गरेको छ । सो अनुसार मोरङका दलित समुदायका मुसहर, डुम, सरवरियालगायतका जातिका साथै अति विपन्न मुसलमान र अन्य अति विपन्न जातिका परिवार पनि छनोटमा परेका छन् ।
मोरङ जिल्लामा यो कार्यक्रम सञ्चालनका लागि सांसद अमृत अर्यालको संयोजकत्वमा एघार सदस्यीय जिल्लास्तरीय समन्वय समितिसमेत गठन गरिएको छ ।
उक्त समितिका सदस्य सचिवमा सहरी विकास तथा भवन निर्माण कार्यालयका प्रमुख श्यामकिशोर सिंह रहनुभएको छ भने सदस्यमा सांसदद्वय ऋषिकेश पोखरेल र अमनलाल मोदी छन् ।
त्यसैगरी अन्य सदस्यमा प्रमुख जिल्ला अधिकारी, जिविसका कार्यकारी अधिकृत, भूमिसुधार, नापी, खानेपानी तथा सडक डिभिजन र जिल्ला वन कार्यालयका प्रमुख छन् । सुनसरी जिल्लामा पनि परिवार छनोटको काम भइरहेको कार्यालय प्रमुख सिंहले जानकारी दिए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्