Skip to content
LAXMI SUNRISE BANK

२० करोड लगानीमा हिलेमा खुल्यो होटल होराइजन

अर्थ सरोकार

  • अर्थ सरोकार संम्वाददाता 

काठमाडौं – धनकुटाको हिलेमा २० करोड लगानीमा होटल होराइजन माउण्टेन रिर्सोट संचालनमा आएको छ।रिर्सोटको पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले बुधवार उदघाट्न गरे।
रिर्सोटका संचालक रेवतबहादुर थापा हुन्। ४२ रोपनी क्षेत्रफलमा रहेको रिर्सोटमा ३१ कोठाहरु र ६ वटा कटेज छन्।रिर्सोटमा २ सय ५० जना अट्ने सेमिनार हल र आफ्नै मल्टिकुजिन रेष्टुरेन्ट समेत छ।रिर्सोटमा ५० जनाले प्रत्यक्ष रोजगारी पाउने रिर्सोटद्धारा जारी विज्ञप्तिमा उल्लेख छ।
रिसोर्टमा विवाह, पार्टी, सभा, सेमिनार तथा सम्मेलन गर्न मिल्ने सुविधा छ । ग्राहकलाई आकर्षित  गर्ने उद्देश्यले रिसोर्ट नजिकै पिक्निक स्पटको व्यवस्था गरिएको थापाले बताए। रिसोर्टका लागि आवश्यक खाद्यान्न त्यही उत्पादन हुने उनले बताए।
अर्गानिक तरकारी खेती, डेरी, खसी बोका र कुखुरा फर्म रहेको उनले बताए।  होटललाई आवश्यक  उर्जा वायो ग्यास र वायु ऊर्जाबाट उत्पादन गरिरहेको उनले बताए। रिर्सोटबाट मकालु, सगरमाथा र कञ्चन्जंगा हिमशृङ्खलाको दृश्यावलोकन गर्न सकिन्छ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK