
- अर्थ सरोकार संम्वाददाता
काठमाण्डौ – बाँके जिल्लामा विद्युत चोरी गर्नेहरुबाट नेपाल विद्युत प्राधिकरणले झण्डै २४ लाख असुली जरिवाना असुली गरेको छ। प्राधिकरणले जिल्लाका गाउँ–गाउँमा पुगेर लुकिछिपी हुक गरेर विद्युत बाल्ने १८७ जनालाई कारबाही गरेर २३ लाख ८७ हजार ६ सय ८५ रुपैयाँ जरिवाना असुल गरेको हो।
लुकिछिपी लाइन जोडेर बाल्नेहरुलाई पक्राउ गरी थुनामा राख्ने र उनीहरुलाई जरिवाना गरिएको प्राधिकरणको नेपालगन्ज वितरण केन्द्रका प्रमुख उमेशकुमार झाले बताए। ‘चुहावट रोक्न विद्युत प्राधिकरण वितरण केन्द्रले अभियान नै थालेको छ, हुक गरेर विद्युत अनियमितता गर्नेलाई पक्राउ गरेर कारवाही समेत भइरहेको छ,’ उनले भने।
सर्वसाधारणले हुक लगाएर घर, पसल र कृषि कार्यका लागि विद्युत अनियमितता गर्ने गरेको पाइएको छ। रातिको समयमा विद्युत हुक गरेर बाल्ने हुँदा प्रहरी लिएर गाउँ–गाउँ पुगेको वितरण केन्द्र प्रमुख झाले बताए। ‘विद्युत प्राधिकरण एक्लैले नसक्ने भएकोले प्रहरीलाई साथमा लिएर गाउँ पुग्ने गरेका छौं’ उनले भने।
नेपालगन्ज उपमहानगरपालिका र बिभिन्न गाविसका बासिन्दाले रातको समयमा सडक उज्यालो बनाउन मुख्य लाइनमै हुक गरेर बत्ती बाल्ने गरेका छन्। यसले विद्युत प्राधिकरणलाई विद्युत भार हुने र राजस्व घाटा लाग्ने गरेको छ। ‘हुक गरेर सडक बत्तीका लागि प्रयोग भएका बल्ब समेत फुटाल्ने र फाल्ने गरिएको छ,’ वितरण प्रमुख झाले भने।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्