
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – केहि समयअगाडी सार्वजनिक खरिद ऐन विपरित काम गरेको र त्यसमा कमिसन लिएर भ्रष्टाचार गरेको भन्दै आइक्यानका तत्कालीन अध्यक्ष प्रकाश लम्साललाई अख्तियारले तानेको खबर सेलाउन नपाउँदै नेपाल चार्टड एकाउन्टेन्ट्स संस्था (आइक्यान) मा पुन: भ्रष्टाचार सलबलाएको खुलासा भएको छ ।
आइक्यानमा खुलेआम भ्रष्टाचार हुने गरेको र आफ्नो पदलाई दुरुपयोग गर्दै आइक्यानका टेक्निकल डाइरेक्टर पुष्पेन्द्र सिंहले मनपरी गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा छानविन गरी कारवाहीको माग गरी पाउं भनी आफ्नै कर्मचारीको उजुरी परेपछि यस्तो खुलासा भएको हो ।
के छ उजुरीमा ?
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उनीविरुद्ध परेको उजुरीमा आइक्यानमा उनले सार्वजनिक खरिद ऐन विपरित आफ्ना मान्छेहरुलाई आइक्यानको विभिन्न काम सिफारिस गर्ने गरेको, आइक्यानका विभिन्न टेन्डरहरुमा आफ्ना मान्छेहरुलाई टेन्डर प्रक्रियामा सामेल हुन लगाएर आइक्यानका कार्यकारी निर्देशक बिनय प्रकाश श्रेष्ठसंगको साँठगांठमा काम गर्ने गरेको, करियर एक्स्पोका नाममा विना प्रक्रिया लाखौँ खर्च गरेको, आफ्ना मान्छेलाई विना प्रक्रिया काम दिएर कमिसन लिने गरेको, सस्तोमा हुने काम महंगोमा लगाएर कमिसन लिने गरेको, आइक्यानले आयोजना गर्ने विभिन्न कार्यक्रममा आफु निकट मान्छेहरुलाई विभिन्न काम दिएर नियम विपरित काम गर्ने गरेको, र आइक्यानले संचालन गर्ने हल परिक्षामा समेत तलमाथि गर्ने गरेको आरोपसहित उनीविरुद्ध कारवाहीको माग गर्दै अख्तियारमा उजुरी परेको छ ।
‘नदेखिने पाराले र देख्दा नियम संगतजस्तो देखिएपनि भित्रभित्रै कमिसनको खेलमा संग्लग्न रहेकाले नीजमाथि अनुसन्धान गरी कारवाहीको माग गर्दछु’ स्रोतका अनुसार अख्तियारमा परेको उजुरीमा लेखिएको छ । यता आइक्यानमा केहि समयअघि भएको सार्वजनिक खरिद ऐन विपारितको काममा पनि उजुरी गर्दा समेत अख्तियारले अर्थ मन्त्रालयमा पत्र काटेको, अर्थमन्त्रालयले आइक्यानमा पत्र काटेको र आरोपित लम्सालका निकट मानिएका महेश खनालको संयोजकत्वमा छानविन समिति गठन गरेर लम्साललाइ उन्मुक्ति दिने काम हुँदा आइक्यानमा यस्तो गलत काम मौलाएको भन्दै यसलाई विचार गरेर न्यायचित ढंगले उजुरीको सम्बोधन गर्न समेत माग गरिएको स्रोतको दावी छ ।
‘लम्साल प्रकरणमाजस्तै भए, अदालत गुहार्छु, सम्पत्ति सुद्धिकरण आयोगको ढोका ढककाउछु’ : उजुरीकर्ता
आइक्यानका टेक्निकल डाइरेक्टर विरुद्द् उजुरी गरी त्यसको प्रतिलिपि लिएर अर्थ सरोकार डटकमको कार्यालय आइपुगेका उजुरीकर्ता भन्छन्, ‘आइक्यान हामी सबैको संस्था हो । यसलाई मुठीभरका मान्छेले कमाइ खाने भाँडो बनाएका छन् । आइक्यानमा मनपरी भएको छ । करियर एक्स्पोका नाममा लाखौँको खर्च विना प्रक्रिया गरिएको छ । मनलाग्दी ढंगले खर्च भएको छ । विभिन्न कोचीङ सेन्टरलाइ आफ्नो बसमा राखेका सिंहले उनीहरुलाई आफ्नो प्रभावमै पारेर भएपनि आफ्नो पदीय मर्यादा विपरित काम गरेका छन् ।’ ‘
‘यसअघि पनि उजुरी त परेको नै हो नि, कारवाही भयो र ?’ भन्ने हाम्रो प्रश्नमा उनी भन्छन्, त्यो बेला एउटा संस्थासँग जोडिएको विषय भएकाले सबैजना खुलेनन् पनि । यसै पनि प्राइम सिएलाइ कसरी सिध्याउने भन्ने पक्षमा आइक्यानका धेरैजसो पदाधिकारी छन् । त्यसैले उसको ‘केस’ भएकाले कोहि पनि बोलेनन् । यसपाली संस्थाको सवाल छ । अख्तियारबाट न्याय नपाए सम्पत्ति सुद्धिकरण आयोगको ढोका ढकढकाउंछु । आवश्यक परे अदालतीय प्रक्रियामा पनि जान्छु ।’ साथै उनले यस कार्यमा साथ दिन मिडियाले गर्नुपर्ने भूमिका समेत खेलिदिना आग्रह गरेका छन् ।
पुष्पेन्द्र सिंहको प्रतिक्रिया, ‘ए हो ? अँ थाहा छैन, ल है है’
अख्तियारमा उजुरी परेकोबारे हामीले आइक्यानका टेक्निकल डाइरेक्टर पुष्पेन्द्र सिंहलाई सोधेका थियौं । हामीले ‘तपाईंलाइ अख्तियारमा उजुरी परेको रहेछ नि ?’ भन्ने वित्तिकै बोली लड़बडाएका उनले, ‘ए हो ? अँ. थाहा छैन त ल है है’ भन्दै फोन काटेका थिए । यसबारे प्रतिक्रिया दिन नाखोजेको र यसबारे उनलाई यसअघिनै थाहा भएको शंका हुनेगरी आफ्नो व्यवहार प्रस्तुत गरेका उनले यसबारे आफुलाई थाहा नभएको बताएका छन् । उजुरी परेको भन्ने प्रश्नमा उनले के विषयमा वा अन्य केहि जानकारी नसोधी आलटाल गर्ने शैलीमा बोल्नुले पनि आइक्यानभित्र यसविषयमा ठुलै लफडा परेपछि अख्तियारमा यस विषयमा उजुरी परेको हुन सक्ने आशंका छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्