
- अर्थ सरोकार संम्वाददाता
काठमाडौं – इन्फिनिटी माइक्रोफाइनान्स वित्तिय संस्थाले औपचारिक कारोबार थालेको छ। गैडाकोटमा रहेको माइक्रोफाइनान्समा पूर्वसचिव,प्राध्यापक,बैकर्स,इन्जिनियर र व्यापारीको लगानी छ।माइक्रोफाइनान्सको औपचारिक उद्घाटन राष्ट्र बैंकका गभर्नर डा। चिरञ्जिवी नेपालले गरे।
संस्थाका प्रमुख कार्यकारी अधिकृत केशवकुमार पौडेलले छिट्टै दश वटा शाखा खोल्ने बताए।कम्पनी सचिव दिनेश अधिकारीले लघुवित्तमार्फत न्यून आय भएका व्यक्तिलार्इ सेवा दिने बताए।संस्थाका सदस्य प्राडा भोजराज अर्यालले इन्फिनिटी इन्स्योरेन्सको अवधारणामा माइक्रोफाइनान्सलार्इ अघि बढाउने बताए।
राष्ट्र बैंक भैरहवा शाखाका मुख्य ब्यबस्थापक रेवतीप्रसाद नेपालले वित्तीय सेवाको पहुंच अंझैपनि ३८ प्रतिशत जनतामा नभएको बताउँदै लघुवित्त संस्थाहरुले त्यसतर्फ कार्यक्रम बिस्तार गर्नुपर्ने बताए।
उनले शाखाहरु बिस्तार गर्दा एकैपटक धेरै शाखाहरु नखोली क्रमसः खोल्नुपर्ने बताउँदै कर्जा लगानीमा सचेत रहन आग्रह गरे। गभर्नर नेपालले लघुवित्त संस्थाहरु ग्रामीण क्षेत्रमा सहयोगी हातहरुको रुपमा हुनुपर्ने बताउँदै वित्तीय पहुंच नपुगेको ठाउंमा सेवा दिन आग्रह गरे।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्