×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

भारतीय शेयरबजारमा करियर खोज्नेको भिड, बजारमा उही बिक्छ जसले ठिक अनुमान लगाउँछ

LAXMI SUNRISE BANK
GLOBAL

भारतीय शेयरबजारमा करियर खोज्नेको भिड, बजारमा उही बिक्छ जसले ठिक अनुमान लगाउँछ

५ माघ २०७३, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

एजेन्सी – भारतको शेयर बजार संसारमा तीब्र गतिमा अगाढी बढिरहेको शेयर बजार मध्ये एक हो । दैनिक यो बजारमा  हजारौ मानिसहरूको प्रवेश हुने गरेको छ । शेयर बजारमा केवल लगानी गर्ने हिसाबले मात्रै मानिसहरु प्रवेश गरिरहेका छैनन् । आफ्नो भविष्य खोज्दै धेरै युवाहरू शेयरबजार छिरिरहेका छन् ।
पहिले पहिले भारतका मुख्य सहरमा मात्र यो बजार केन्द्रित थियो भने अहिले हरेक ठूला शहरहरूमा शेयर बजारको बिस्तार भएको छ र यसले हजारौं युवाहरूलार्इ रोजगारी दिएको छ । युवाहरूको भिडले यो क्षेत्रमा उनीहरूको बढ्दो आकर्षणलार्इ देखाइरहेको छ ।
भारतीय शेयर बजारमा धेरै प्रकारका आकर्षक करियरहरु सृजना भएका छन् । बजारको माग इकोनोमिस्ट,एकाउन्टेन्ट,फाईनान्सियल एनालिस्ट , इनभेस्ट एनालिस्ट, क्यापिटल मार्केट एनालिस्ट,फ्युचर एनालिस्ट, इक्विटी एनालिस्ट अरु धेरै प्रकारका जनशक्तिहरूको खोजी भैरहेको हुन्छ । यसैले युवाहरू यो क्षेत्रमा आफ्नो करियर बनाउन छिर्ने गर्छन् ।
शेयर बजारमा सबैभन्दा बढी भूमिका ब्रोकरको हुने गर्छ । यसलाई सरल नेपाली भाषामा बिचौलिया वा दलाल भन्दा फरक पर्दैन । गाँउ घरमा लाग्ने हाट बजारमा गाइबस्तु किनबेच गर्दा मध्यस्थता गरिदिने वा घर जग्गा दलाली गर्ने मान्छे  जस्तै शेयर बजारमा पनि शेयर खरिद बिक्री गर्दा बीचमा दलाली गर्ने मान्छे हुन्छन् ।
तर हाम्रो नेपालमा भने ब्रोकर भन्ने बित्तिकै लाइसेन्स प्राप्त  शेयर ब्रोकर भन्ने मात्र बुझिन्छ । भारतमा शेयर बजारसंग सम्बन्धित दलाली गर्ने प्राय सबैलाई ब्रोकर भन्ने चलन छ । 
पूँजी बजारको जटिल चरित्रलार्इ बुझ्न  सक्ने, भविष्यको बारेमा राम्रो अध्ययन गरेर शेयर खरीद बिक्री गर्न सक्ने , अनुमान लगाउन सक्ने संगै शेयर बजारको ट्रेन्ड राम्रो पछ्याउन सक्ने युवालाई भारतीय शेयर बजारमा  कम्तिमा पनि मासिक १५ हजार भारतीय रुपैँया तलबमा राखिन्छ । 
कुनै पनि कम्पनीले शेयर बजारमा लगानी गर्दा होस् या व्यक्तिले लगानी गर्दा यस्ता परामर्शदाताको सल्लाह लिने गर्दछन् । यस्तै शेयर परामर्श दिने कम्पनी हजारौंको संख्यामा भारतीय बजारमा खुलेका छन् ।
जति ठूलो कम्पनी त्यतिनै बढी तलब जति राम्रो अध्ययन र अनुमान त्यतिनै ठूलो कम्पनीको अफर युवाहरुलाई प्राप्त भैरहेको छ ।
अनुमान गरेकै भरमा , यो किन्नुस् र यो बेच्नुस् भनेकै भरमा मासिक लाखौंमा  तलब बुझ्ने युवाहरू पनि भेटिन्छन् भारतीय बजारमा । पहिले आफु कुन पदका लागि योग्य छु भनेर आफैंलार्इ जाँच्ने अनि त्यसै अनुरूप करियर अघि बढाउने सोचमा युवाहरू शेयरबजारमा झुम्मिएका हुन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी