×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आईपिओको रकम राष्ट्र बैंकमा राख्नु पर्ने व्यवस्था हट्यो

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

आईपिओको रकम राष्ट्र बैंकमा राख्नु पर्ने व्यवस्था हट्यो

Artha Sarokar

१४ माघ २०७३, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार संम्वाददाता 

काठमाडौं – नेपाल धितोपत्र बोर्डले प्राथमिक शेयर (IPO)  निष्काशनबाट जम्मा भएको रकम नेपाल राष्ट्र बैंकमा राख्नु नपर्ने व्यवस्था ल्याएको छ । बोर्डले यसअघिको राष्ट्र बैंकमा जम्मम गर्नुपर्ने व्यवस्थालाई हटाएको हो ।
धितोपत्र निष्काशन निर्देशिका २०६५ को दफा २२ को उपदफा ९४० मा धितोपत्र निष्काशन गर्दा निष्काशन बैंकमा जम्मा भएको रकम धितोपत्र बिक्री बन्द भएको ६ कार्यदिन भित्र नेपाल राष्ट्र बैंकमा खाता खोली कम्तिमा ६ कार्यदिनको लागि जम्मा गर्नुपर्नेछ । यसरी नेपाल राष्ट्र बैंकमा खाता खोली जम्मा गरिएको रकम बोर्डको अनुमति लिएर मात्र झिक्नुपर्ने व्यवस्था थियो । यो व्यवस्थाले बजारमा तरलतामा प्रभाव पार्न सक्ने भन्दै बोर्डले उक्त व्यवस्था हटाएको हो ।
त्यस्तै हाल बैंक तथा वित्तीय संस्थाहरुले प्रत्येक महिनाको आफ्नो वित्तीय अवस्थाबारे नेपाल राष्ट्र बैंकमा विवरण पेश गर्नुपर्ने व्यवस्था गरिरहेको र सार्वजनिक निष्काशनमा बोर्डले आस्बा प्रणाली लागू गरिसकेको परिप्रक्ष्येमा उक्त व्यवस्था कायम राखिराख्न आवश्यक नदेखिएकोले निर्देशिकाको उक्त व्यवस्थालाई बोर्डको विहिबार बसेको बैठकले हटाउने निर्णय गरेको हो ।
यसबाट निष्काशनकर्ता संगठित संस्था र निष्काशन तथा विक्री प्रबन्धकहरुले झन्झटिलो महशुस गरिएको व्यवस्थामा सहजिकरण हुनुको साथै बेला बेला बजारमा देखीने तरलता सम्बन्धी समस्या कम हुने बोर्डको विश्वास छ ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी