
- अर्थ सरोकार संम्वाददाता
काठमाडौं – सरकारले जलविद्युत आयोजनाको निर्माणका लागि स्वदेशमै पुँजी संकलन गर्ने उद्देश्यले वेवसाइट सुरु गरेको छ। सोमबार उर्जा मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उर्जा मन्त्री जनार्दन शर्माले वेवसाइटको उद्घाटन गरे।
मन्त्री शर्मालेुनेपालको पानी जनताको लगानीु भन्ने योजनामा सर्वसाधारणबाट पुँजीको प्रतिवद्धता लिन वेवसाइट सुरु गरेको जानकारी दिए।
सर्वसाधारणले वेवसाइट लग इन गरेर विजुली उत्पादनका लागि आफूले गर्न सक्ने लगानीको प्रतिवद्धता जनाउन सक्ने उर्जा मन्त्री शर्माले बताए। नेपालमा विजुली उत्पादनका लागि कति रकम संकलन हुन सक्छ भन्ने विषयमा अध्ययन गर्नका लागि वेवसाइट सुरु गरेका हौंउनले भने यसले आयोजना निर्माणमा पनि सहयोग गर्छ। यो व्यवस्थाले जनताले सेयर हाल्न लाइन लाग्ने अवस्थाको पनि अन्त्य हुने दावी गरे।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्