Skip to content
LAXMI SUNRISE BANK

सरकारले मागेको पहिलो दिन नै अनलाइन मार्फत जलविद्युतमा २४ करोड लगानी प्रतिवद्धता

अर्थ सरोकार

  • अर्थ सरोकार संम्वाददाता 

काठमाण्डौ – उर्जा मन्त्रालयले जलविद्युत आयोजनाका लागि सर्वसाधारणबाट अनलाइन मार्फत लगानी प्रतिवद्धता मागेको पहिलो दिनमा नै २४ करोड रुपैयाँ भन्दा बढीको प्रतिवद्धता आएको छ। मन्त्रालयले वेवसाइट माग गरेको लगानी प्रतिवद्धतामा सोमबार राति ८ बजेसम्म ४ हजार ६ सय ४३ जनाले अनलाइन मार्फत प्रतिवद्धता जनाएका हुन्।
 उनीहरुले २३ करोड ५१ लाख ३८ हजार ६ सय १५ रुपैयाँको प्रतिवद्धता जनाएका उर्जा मन्त्री जनार्दन शर्माका स्वकीय सचिव वसन्त शर्माले जानकारी दिए। त्यस्तै विद्युत आयोजना निर्माणका लागि तीनवटा कम्पनीले पनि लगानी प्रतिवद्धता जनाएका छन्। उनीहरुले १ करोड ११ लाख २५ हजार रुपैयाँको लगानी प्रतिवद्धता जनाएका शर्माले जानकारी दिए।
उर्जा मन्त्री शर्माले सोमबार बिहान मन्त्रालयमै पत्रकार सम्मेलन गरी जलविद्युतमा लगानी प्रतिवद्धता प्रक्षेपण गर्न वेवसाइट सुरुवात गरेका थिए। वेवसाइटमा गई स्वदेश र विदेशमा रहेका सर्वसाधारणले आफूले विद्युत आयोजना निर्माणका लागि गर्न सक्ने लगानीको प्रतिवद्धता जनाउन सक्नेछन्।
लगानी प्रतिवद्धता मागेको पहिलो दिन नै सर्वसाधारणको उत्साहजनक सहभागिता देखिएको मन्त्री शर्माले बताएका छन्। उर्जा मन्त्री शर्माले सर्वसाधारणको लगानीमा विद्युत आयोजना निर्माणका लागि नेपालको पानी जनताको लगानी अवधारणा अघि सारेका छन्। 
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK