
- अर्थ सरोकार संम्वाददाता
काठमाडौं – जानकी फाइनान्स (Janaki Finance Ltd.) ले खुद मुनाफा २ सय ६३ प्रतिशतले वृद्धि गरी ४ करोड ५१ लाख रुपैयाँ आर्जन गरेको छ । भने गत वर्षको सोहि अवधिमा १ करोड २४ लाख रुपैयाँ मुनाफा कमाएको थियो । त्यस्तै फाइनान्सको खुद व्याज आम्दानी १ सय ६८ दशमलब ९३ बढेर ५ करोड ७१ लाख रुपैयाँ पुगेको छ ।
फाइनान्स (JFL) ले निक्षेपमा ६ दशमलव ५१ प्रतिशतले वृद्धि गरी १ अर्ब ४३ करोड ४४ लाख रुपैयाँ संकलन गरेर कर्जामा १ अर्ब २७ करोड १२ लाख रुपैयाँ लगानी गरेको छ जुन गत वर्षको सोहि अवधिमा २१ दशमलव ८३ प्रतिशतले वृद्धि हो । त्यस्तै संचालन मुनाफामा १४ गुणाले बढेर २ करोड ४४ लाख रुपैयाँ पुगेको छ ।
जानकी फाइनान्सको निष्कृय कर्जा ५ दशमलव ८३ प्रतिशत, जोखिम युक्त सम्पत्ति ३३ दशमलव ९२ प्रतिशत, प्रतिशेयर आम्दानी १३ दशमलव २१ रुपैयाँ, मुल्य आम्दानीको अनुपात १८ दशमलव ६२ गुणा, प्रतिशेयर नेटवर्थ १ सय ५१ दशमलव ३० रुपैयाँ र तरलता अनुपात ३३ दशमलव ९२ प्रतिशत रहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्