×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

जनार्दन र कुलमानले दिने भए अंग्रेजी नयाँ बर्षमा लोडसेडिङ मुक्त नेपाल उपहार

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

जनार्दन र कुलमानले दिने भए अंग्रेजी नयाँ बर्षमा लोडसेडिङ मुक्त नेपाल उपहार

१७ पुष २०७३, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार संम्वाददाता 

काठमाडौं  – उर्जामन्त्री जनार्दन शर्मा र बिद्युत प्राधिकरणका प्रमुख कुलमान घिसिडको कुशल कार्यसम्पादनले अंग्रेजी नयाँ बर्षमा नेपाल लोडसेडिङ मुक्त देश भएको छ । पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वका सरकारमा सवैभन्दा सफल मन्त्री बनेका शर्माले आफ्नो प्रतिवद्धता पुरा गर्दै नेपाललाई लोडसेडिङ मुक्त देश बनाएका छन् । प्रचण्ड सरकारको कार्यसम्पादनमा चौतफी विरोध भएपछि उर्जामन्त्री शर्मा र प्राधिकरणका प्रमुख कुलमानको निकै प्रशंसा हुन थालेको छ ।
नयाँ बर्ष सन् २०१७ सुरु भएकै दिन नेपाल भारत अन्तरदेशीय प्रशारण लाइन ढल्केवर मुजफ्फरबाट ४० मेगावाट र आन्तरिक प्रशारण लाइनबाट १३ मेगावाट बिद्य्त राष्टिय प्रशारण लाइनमा जोडिएपछि नेपाल लोडसेडिङ मुक्त देश बनेको छ । नदीहरुमा पानीको सतह घटेपछि आन्तरिक उत्पादनमा कमी आएलगतै बिद्य्त प्राधिकरणले भारतबाट ४० मेगावाट बिद्य्त खरिद गरेको हो भने आन्तरिक उत्पादनमा १३ मेगावाट थपिएको छ । उर्जामन्त्री जनार्दन शर्मा र प्राधिकरणका प्रमुख कुलबहादुर घिसिडको कुलस कार्यका कारण नेपाल लोडसेडिङ मुक्त भएको छ ।
नेपाललाई लोडसेडिड मुक्त बनाएपछि सामाजिक सञ्जाल र जनस्तरमा मन्त्री जनार्दन शर्मा र कुलमानको निकै प्रशंसा हुन थालेको छ । पत्रकार बिजयकुमारले जनार्दन शर्मा र कुलमानलाई उत्कृष्ट ब्यक्ति घोषणा गर्न माग पनि गरेका छन् । उनले सामाजिक सञ्जाल ट्वीटरबाट यस्तो माग गरेका हुन् ।
सुख्खायाममा पानीको सतह घट्न र बिद्युत उत्पादनमा कमी आउने भएपछि प्राधिकरणले भारतबाट थप विजुली ल्याउने तयारी थालेको छ । राजधानी उपत्यकालाई लोडसेडिङ मुक्त राख्ने र देशका अन्य ठाउँमा थोरै मात्र लोडसेडिड गर्ने लक्ष्य प्राधिकरणले लिएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: