
- अर्थ सरोकार संम्वाददाता
काठमाडौं – उर्जामन्त्री जनार्दन शर्माले सामुदायिक संस्थाहरु प्रति जनताको गुनासो बढेको भन्दै सम्बन्धित पक्षको ध्यानकर्षण गराएका छन् । समुदाय स्तरको विकास तथा विस्तारको लागि भनेर खोलिएका सामुदायिक विद्युत उपभोक्ताको काम कारबाही प्रति गुनासो बढ्दै गएको उर्जा मन्त्री शर्माले बताए ।
विहीबार सामुदायिक विद्युत महासंघले आयोजना गरेको कार्याशाला गोष्ठीमा मन्त्री शर्माले भने ुसमुदाय र जनता प्रति सामुदायीक संस्थाहरु जवाफदेही भएनन्, भन्ने प्रकारका गुनासा बढ्दै गएका छन्, विद्युत प्राधिकारणले नै जनतस्तरका समस्या हेर्नुपर्ने भयो भन्ने कुरा आएको छ, जनताको गुनासो आउने वातावरण कसरी आयो ध्यान दिनुस् ।
मन्त्री शर्माले प्राधिकरणबाट पनि समुदायिक विद्युत संस्थाहरुले गरेको काम प्रति टिप्पणी हुन थालेको बताउदै सचेत हुनको लागि आग्रह गरे । शर्माले सामुदायिक विद्युत संस्थाहरुले जनताबाट उठाएर प्राधिकरणलाई दिने महशुल दिन ढिलाई र कतिपय संस्थाहरुबाट अनियमितता हुने गरेको विषयमा समेत महासंघलाई सचेत गराएका छन् ।
सामुदायिक विद्युत महासंघका अध्यक्ष नारायण ज्ञवालीले सामुदायिक विद्युत संस्थाहरु मार्फत विद्युत विकास र विस्तारमा सहयोग पुगेको र सेवाग्राहीले प्रत्यक्ष लाभ उठाउन सकेको बताए । अहिले सामुदायिक विद्युत महासंमा ५२ जिल्लाका २७७ सामुदायिक संस्था आवद्ध रहेका छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्