
- अर्थ सरोकार संम्वाददाता
काठमाण्डौ – ऊर्जामन्त्री जनार्दन शर्मा प्रभाकर र संयुक्त अरब इमिरेट्स युएईका ऊर्जामन्त्री सुहेल महम्मद अल मजौरीबीच भेटवार्ता भएको छ। अबुधावीस्थित उर्जा मन्त्रालयमा भएको भेटवार्तामा नेपालमा जल उर्जा उत्पादनको क्षेत्रमा गर्न सकिने सहकार्यका विषयमा कुराकानी भएको यहाँस्थित नेपाली दूतावासका सहचारी केशवराज पोख्रेलले जानकारी दिए।
‘वल्र्ड फ्युचर इनर्जी समिट २०१७’ मा भाग लिन युएई आइपुगेका उर्जामन्त्री शर्माले कम्तिमा आगामी सय वर्षसम्मका लागि नेपालमा जलविद्युत विकासको राम्रो सम्भावना रहेको उल्लेख गर्दै त्यसमा लगानी गर्न युएई सरकारलाई आग्रह गरे।
जवाफमा मजौरीले नेपालको जलविद्युतमा लगानी गर्न आफूहरु इच्छुक रहेकाले थप छलफल गरेर औपचारिक प्रक्रिया सुरु गर्न सकिने बताए। साथै कृषि र पर्यटनमा पनि लगानी गर्न आफूहरु इच्छुक रहेको उनको भनाई थियो। उर्जा समिटमा भाग लिनेक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित उर्जामन्त्री शर्मा युएईमा छन्। यसैक्रममा उनले आफ्ना समकक्षी मजौरीसँग भेटवार्ता गरेका हुन्।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्