
- अर्थ सरोकार संम्वाददाता
काठमाण्डौ – नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले संविधान संसोधन प्रस्ताव दर्ता गराएर सरकारले बेमौसमको बाजा बजाइरहेको टिप्पणी गरेका छन्। विराटनगर विमानस्थलमा शुक्रबार पत्रकारसँग कुरा गर्दै नेता खनालले असम्भव कुराको पर्यत्न गरेर सरकारले बेवकुफीपूर्ण काम गरिरहेको टिप्पणी गरेका छन्।
उनले भने ुसंविधानको मर्म र आम नेपालीको इच्छा विपरित संसोधन पस्ताव दर्ता गराएर सरकारले कुबेलाको शहनाइ बजाइरहेको छ।ु सरकारको निकम्मापनले गर्दा स्थानीय तहको निर्वाचनमा ढिलाइ भइरहेको बताँदै उनले भने अहिलेसम्म स्थानीय तहको निर्वाचन भइसक्ने थियो तर वर्तमान सरकारले स्वयम् मुलुकलाइ शंकट तर्फ धकेलिरहेको छ ।
संसदमा एक तिहाई भन्दा बढी मत आफुहरुसंग रहेको दावी गर्दै नेता खनालले एमालेले यो प्रस्तावलाई जसरी पनि फेल गराएरै छाड्ने दावी गरे। अब स्थानीय निकाय वा तहको के को निर्वाचन हुन्छ भन्ने संचानकर्मीहरुको प्रश्नमा नेता खनालले भने अब स्थानीय निकाय विगतको विषय बनिसकेको छ, अब मुलुकमा स्थानीय तहको निर्वाचन हुनबाट कसैले रोक्न सक्दैन।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्