
- अर्थ सरोकार संम्वाददाता
काठमाण्डौ – झापाको दमक नगरपालिकाले आगामी आर्थिक वर्षको लागि नगरपरिषदबाट पारित योजनाहरु सार्वजनिक गरेको छ। सार्वजनिक गरिएका योजनाहरुमा दमकको महत्वाकांक्षी योजनाहरु समेत छन्। आज नगरपालिकामा पत्रकार सम्मेलन गर्दै नगरपालिकाले २३ औँ नगर परिषदबाट अनुमोदित योजनाहरु सार्वजनिक गरेको हो।
नगरपालिकाका कार्यकारी अधिकृत युवराज दाहालले नगर क्षेत्रका सम्पूर्ण विकास योजनाहरु हरित नगर समृद्ध दमकु भन्ने मूल दृष्टिलाई केन्द्रमा राखेर तयार पारिएको बताए। उनले आगामी वर्षका लागि ३५ करोड बढीको बजेट ल्याउन लागिएको जानकारी दिए। नगरपालिकाले आगामी आर्थिक बर्षमा सामाजिक सुरक्षा तर्फ ९ करोड, आन्तरिक श्रोत तर्फ १० करोड र बाह्य श्रोतबाट १६ करोड गरि ३५ करोड बढीको बजेट सार्वजनिक गर्ने तयारी गरेको छ।
नगरपालिकाले विगतका वर्षमा अधुरा रहेका र क्रमागत रुपमा रहेका विभिन्न योजनाहरु सम्पन्न गर्न बजेटलाई व्यवस्थापन गरिएको जनाइएको छ। सार्वजनिक गरिएको योजनाहरुमा दमकमा बन्न लागेको भ्यू टावर, विश्वकै अग्लो बुद्धको मूर्ती र प्रदेश नम्बर(१ स्तरीय औद्योगिक पार्कको डिपिआर तयार गर्ने काम भैरहेको उल्लेख गरिएको छ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्