Skip to content
LAXMI SUNRISE BANK

दमक नगरपालिकाको आगामी वर्षको बजेट ३५ करोडमाथि हुने

अर्थ सरोकार

  • अर्थ सरोकार संम्वाददाता 

काठमाण्डौ – झापाको दमक नगरपालिकाले आगामी आर्थिक वर्षको लागि नगरपरिषदबाट पारित योजनाहरु सार्वजनिक गरेको छ। सार्वजनिक गरिएका योजनाहरुमा दमकको महत्वाकांक्षी योजनाहरु समेत छन्। आज नगरपालिकामा पत्रकार सम्मेलन गर्दै नगरपालिकाले २३ औँ नगर परिषदबाट अनुमोदित योजनाहरु सार्वजनिक गरेको हो। 
नगरपालिकाका कार्यकारी अधिकृत युवराज दाहालले नगर क्षेत्रका सम्पूर्ण विकास योजनाहरु हरित नगर समृद्ध दमकु  भन्‍ने मूल दृष्टिलाई केन्द्रमा राखेर तयार पारिएको बताए। उनले आगामी वर्षका लागि ३५ करोड बढीको बजेट ल्याउन लागिएको जानकारी दिए। नगरपालिकाले आगामी आर्थिक बर्षमा सामाजिक सुरक्षा तर्फ ९ करोड, आन्तरिक श्रोत तर्फ  १० करोड र बाह्य श्रोतबाट  १६ करोड गरि ३५ करोड बढीको बजेट सार्वजनिक गर्ने तयारी गरेको छ।
 नगरपालिकाले विगतका वर्षमा अधुरा रहेका र क्रमागत रुपमा रहेका विभिन्‍न योजनाहरु सम्पन्‍न गर्न बजेटलाई व्यवस्थापन गरिएको जनाइएको छ। सार्वजनिक गरिएको योजनाहरुमा दमकमा बन्‍न लागेको भ्यू टावर, विश्वकै अग्लो बुद्धको मूर्ती र प्रदेश नम्बर(१ स्तरीय औद्योगिक पार्कको डिपिआर तयार गर्ने काम भैरहेको उल्लेख गरिएको छ। 
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK