Skip to content
LAXMI SUNRISE BANK

उच्च अदालतमा न्यायाधीश आज नियुक्त हुने

अर्थ सरोकार

  • अर्थ सरोकार संम्वाददाता 

काठमाडौं – उच्च  अदालतमा न्यायाधीश नियुक्तिको टुंगो लगाउन न्याय परिषद्को बैठक बस्दैछ। बैठकले उच्च अदालतमा न्यायाधीश नियुक्तिउच्चको निर्णय गर्ने सम्भावना रहेको परिषद्का सदस्यसमेत रहेका कानुनमन्त्री अजयशंकर नायकले जानकारी दिए।
 केही दिनयता लगातार बैठक बसिरहे पनि रिक्त ८० पदमा कुन्कुन सेवा समूहबाट कतिलाई नियुक्त गर्ने भन्नेमा परिषद्का सदस्यबीच कुरा नमिल्दा निर्णय हुन सकेको छैन। वरिष्ठतम न्यायाधीश एवं परिषद्का सदस्य वैद्यनाथ उपाध्यायको पदावधि सकिनै लागेकाले त्यसअघि नै उच्च अदालतमा रिक्त न्यायाधीशको टुंगो लगाउने प्रयास भइरहेको छ।
जिल्ला न्यायाधीशबाट ३७, कानुन व्यवसायीबाट ३०, न्याय सेवाका उच्च अधिकृतबाट ६, सरकारी वकिलबाट ४ र कानुन समूहबाट ३ जना न्यायाधीश सिफारिस गर्ने परिषद्को तयारी छ।  
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK