
- अर्थ सरोकार संम्वाददाता
काठमाडौं – लामो समयको रस्साकस्सीपछि उच्च अदालतका न्यायाधीशहरूको नियुक्ति भएको छ। प्रधानन्यायाधीश सुशीला कार्कीको निवास बालुवाटारमा बसेको न्यायपरिषद्को बैठकले शुक्रबार बिहान उच्च अदालतका ८० न्यायाधीशको टुंगो लगाएको हो।
बैठकले कानुन, सरकारी वकिल र न्याय प्रशासनबाट ५, जिल्ला न्यायाधीशहरूबाट ३४, पुनरावेदन अदालतहरूबाट अवकाश पाएका अतिरिक्त न्यायाधीश १०, न्याय प्रशासनका सहसचिव सरहका सहरजिष्ट्रार र कानून सहसचिवबाट ६ र कानून व्यवसायीबाट २५ जनालाई नियुक्त गरेको हो।
बैठकमा प्रधानन्यायाधीश सुशीला कार्की, कानुनमन्त्री अजय शंकर नायक र परिषद्का सदस्य पदम वैदिक सहभागी थिए। न्यायाधीशहरूको टुंगो लगाउन बिहीबार रातिदेखि नै बैठक बसेको हो।
बैठक न्यायपरिषद्का सदस्य रामप्रसाद सिटौलाले बहिष्कार गरेका थिए भने वरिष्ठतम् न्यायाधीश बैजनाथ उपाध्यायले शुक्रवारदेखि अवकाश पाउने भएकाले उपस्थित हुन असमर्थ रहेको बताएका थिए। कुन समूहबाट कति जना ल्याउने भन्ने विषयमा सहमति नहुँदा यसअघि पटक पटक बसेको बैठकले न्यायाधीशहरूको नाम सिफारिस गर्न सकेको थिएन।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्