×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

शिक्षक संगठन चितवनको भेला केपी ओलीले उद्घाटन गर्ने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

शिक्षक संगठन चितवनको भेला केपी ओलीले उद्घाटन गर्ने

१४ माघ २०७३, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • प्रनिश थापा / अर्थ सरोकार डटकम 
काठमाडौं – नेपाल राष्ट्रिय शिक्षक संगठनको २० औं राष्ट्रिय परिषद् भेला तथा केन्द्रीय विधान अधिवेशन चितवनमा हुने भएको छ । संगठनले आज नारायाणगढमा पत्रकार सम्मेलनको आयोजना गरी माघ १५ र १६ गते नारायणगढको नारायणी कला मन्दिरमा हुने अधिवेशनको तयारी पुरा भएको जनाएको छ । 
अधिवेशनको एमालेका अध्यक्ष केपी ओलीले उद्घाटन गर्ने संगठनका केन्द्रिय अध्यक्ष बाबुराम थापाले जानकारी दिए । नेपाल शिक्षक संगठन चितवनको स्थानीय व्यवस्थापनमा हुने सो अधिवेशनमा देशभरका ४ सय ४७ नेता शिक्षक हरुको सहभागिता रहने अध्यक्ष थापाले वताए । 
विधान अधिवेशनमा विदान संसोधनसंगै शैक्षिक मुद्धा र समाज रुपमान्तरणमा शिक्षकले पु¥याएको भुमिकाका बिषयमा वहस गरिने संगठनले जनाएको छ । त्यस्तै ,शिक्षकका समस्या,पेशागत हकहितको संरक्षण तथा शैक्षिक विकास,शिक्षकहरुको वर्तमान अबस्था लगायतका विषयमा पनि छलफल हुने संगठनका जिल्ला अध्यक्ष पुर्ण पुरीले जानकारी दिए । 
अधिवेशन सम्पन्न गर्न शिक्षक संगठनका जिल्ला अध्यक्ष पूर्ण बहादुर पुरी संयोजक रहेको १ सय १५ सदस्सीय मूल समिति तथा बिभिन्न ११ वटा उपसमिति वनाएको छ । अधिबेशन उद्धघाटन पुर्ब नारायाणगढमा १५ गते बिहान वृहत प्रभातफेरी निकालिने आयोजकले जनाएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी