
- अर्थ सरोकार संम्वाददाता
काठमाण्डौ – कैलाश विकास बैंक लिमिटेडले चालु आर्थिक बर्षको दोस्रो त्रैमासमा ९३ प्रतिशतले खुद मुनाफा बढाएको छ। गत आर्थिक बर्षको यस अवधिमा १३ करोड १३ करोड ६६ लाख मुनाफा आर्जन गरेको बैंकले यस अवधिमा २६ करोड ३८ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ। 
बैंकले यस अवधिमा १५ अर्ब ९१ करोड निक्षेप संकलन गरि १४ अर्ब ३२ करोड कर्जा पर्वाह गरेको छ। गत आर्थिक बर्षको यस अवधिमा बैंकल ९ अर्ब ८५ करोड निक्षेप संकलन गरि ८ अर्ब ५० करोड कर्जा परिचालन गरेको थियो।
यस अवधिमा बैंकले ४६ करोड २९ लाख खुद ब्याज आम्दानी गरेको छ। गत आर्थिक बर्षको यस अवधिमा २२ करोड ९५ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो। त्यस्तै यस अवधिमा बैंकको संचालन मुनाफा ३४ करोड ४१ लाख रुपैयाँ रहेको छ। 
यस अवधिमा बैंकको चुक्ता पुंजी १ अर्ब ९७ करोड रुपैयाँ रहेको छ भने जगेडा कोष रकम ७३ करोड २९ लाख रुपैयाँ रहेको छ। बैंकले यस अवधिमा २ करोड १८ लाख रुपैयाँ खराब कर्जा उठाउन सफल भएको छ। बैंकको खराब कर्जा अनुपात १ दशमलब ५९ प्रतिशतबाट घटेर शुन्य दशमलब ७० प्रतिशतमा झरेको छ। 
यस अवधिमा बैंकको प्रति सेयर आम्दानी ८ दशमलब ५२ प्रतिशतले बढेर २६ रुपैयाँ ७१ पैसा पुगेको छ। बैंकको प्रति सेयर नेटवर्थ १३७ रुपैयाँ १० पैसा, मूल्य आम्दानीको अनुपात १२ दशमलब ७३ गुणा र सिडी रेसियो अनुपात ७८ दशमलब ३१ प्रतिशत रहेको छ। 
बनले गत आर्थिक बर्षको मुनाफाबाट २५ प्रतिशत बोनस सेयर वितरण गरेको छ भने २० प्रतिशत हकप्रद दिने प्रस्ताब समेत पारित भएको छ। २० प्रतिशत हकप्रद वितरणपछि बैंकको चुक्ता पुंजी २ अर्ब ३६ करोड रुपैयाँ पुग्ने छ। बैंकले २०७४ असार मसान्तसम्म चुक्ता पुंजी २ अर्ब ५० करोड पुर्याउनु पर्ने छ।





 
                     
						







