×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कलश पुजन महोत्सवमा ३२ करोड दिप प्रज्वलन

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

कलश पुजन महोत्सवमा ३२ करोड दिप प्रज्वलन

१७ माघ २०७३, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • प्रनिश थापा /अर्थ सरोकार डटकम

काठमाण्डौ – देवघाटमा जारी ३२ करोड दिप प्रज्वलन तथा १ हजार ८ कुम्भ कलश पुजन महोत्सव १६ गते ९आइतवार० सकिएको छ । माघ १ गतेदेखी जारी कुम्भ कलश पुजन महोत्सवमा करिव १ करोड दर्शकले अवलोकन गरेका छन् ।
 ३२ करोड दिप प्रज्वलन भनिएपनि महोत्सवमा ८४ करोडभन्दा वढी दिप प्रज्वलन भएको आयोजकले जनाएको छ । देशका विभिन्न जिल्लाका भक्तजनहरुले देवघाट आएर दिप प्रज्वलन संगै सामाजिक कार्यका लागी आर्थिक सहयोग समेत गरेका छन् । 
देवघाटधाममा मन्दिर निर्माण गर्ने,भुकम्पपिडित वालवालिकालाई राख्ने आवास वनाउने,वृद्धसेवा सदन र पाठशाला वनाउने उदेश्यले कुम्भ महोत्सव आयोजना गरिएको विश्व जागरण महा अभियान ट्रष्टका अध्यक्ष इश्वर कृष्ण महाराजले जाकारी दिनुभयो । नेपालमा गएको विनाशकारी भुकम्प र विभिन्न घटना दुर्घटनामा अकालमा मृत्यु भएकाहरुले मोक्ष प्राप्त गरुन भन्ने उदेश्यले कुम्भ मेला गरिएको उहाँको भनाई छ । 
धर्मको माध्यमवाट राष्ट्रमा पनि शान्ति स्थापना होस भन्ने आयोजकले लक्ष्य राखेको महाराजले जानकारी दिनुभयो । कुम्भ कलश पुजन महोत्सवको अन्तिम दिन वटुकहरुको सामुहिक व्रतवन्ध समेत गरिएको छ । देशका विभिन्न क्षेत्रका वटुकहरु सामुहिक व्रतवन्धमा सहभागी भएका थिए । चितवन , नवलपरासी , र तनहुँको संगममा रहेको देवघाटको धार्मिक एतिहांसिक र सांस्कृतिक महत्व रहेको छ ।
 कालिगण्डकी र त्रिशुलीको संगममा स्थल रहेकाले पनि देवघाटलाई पवित्र तिर्थस्थलका रुपमा लिने गरिएकाले पनि देवघाटमा कुम्भमेला गरिएको संयोजक आचार्य श्रीधर वस्याले जानाकारी दिनुभयो ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी