×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सरकारले ल्याएको विधेयक राष्ट्रको हित नरहेकाले स्वीकार्न हुदैन : कमल थापा

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

सरकारले ल्याएको विधेयक राष्ट्रको हित नरहेकाले स्वीकार्न हुदैन : कमल थापा

२९ पुष २०७३, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार संम्वाददाता 

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले यथास्थितिमा संविधान संशोधनको विधेयकलाई समर्थन गर्न नसकिने बताएका छन् ।
राजधानीमा गुण्डा नाइके राजीव गुरुङ उर्फ दीपक मनाङेलाई पार्टीमा स्वागत गर्न आयोजित कार्यक्रममा उनले सरकारले ल्याएको सो विधेयक राष्ट्रको हित अनकूल नरहेकाले त्यसलाई स्वीकार्न नहुने बताए ।
अध्यक्ष थापाले मुलुकमा करिब ७० लाख युवामध्ये ५० लाख बिदेसिएकोमा चिन्ता व्यक्त गर्दै अब देशमा विकासका परियोजना सञ्चालन गरी ती युवालाई फर्काउनुपर्ने धारणा व्यक्त गरे ।
पार्टीका राष्ट्रिय अध्यक्ष पशुपतिशम्शेर राणाले सरकारले मुलुकमा शान्ति सुरक्षा, भ्रष्टाचार नियन्त्रण गर्न नसकेको आरोप लगाउँदै देशमा विद्यमान राजनीतिक अन्योलताको अन्त्यका लागि आफ्नो पार्टीले महत्वपूर्ण निर्णय लिने बताए ।
पार्टीका वरिष्ठ नेता डा प्रकाशचन्द्र लोहनीले छिमेकी राष्ट्रले गरेको प्रगतिले उनीहरुको अर्थतन्त्र तीव्रगतिमा अगाडि बढेको भए पनि नेपालमा राजनीतिक अस्थिरता र अन्योलताले विकास निर्माणका काम हुन नसकेकोमा दुःख व्यक्त गरे । उक्त कार्यक्रमबाट दीपक मनाङेसहित ६०० जनालाई थापाले पार्टीमा स्वागत गरेका थिए ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: