
- अर्थ सरोकार संम्वाददाता
काठमाण्डौ – पूर्ववर्ती केपी ओली सरकारको समयमा भारतले लगाएको नाकाबन्दीको विरोध गर्दै हिडेका कमल थापा भारतीय गुप्तचर संस्था ‘रअ’को दबाबमा उपप्रधानमन्त्री सहित तीन मन्त्रालय लिएर सरकारमा जान राजी भएका छन ।
हालै मात्र एकीकरण भएको राप्रपाको अध्यक्ष समेत रहेका थापा प्रचण्ड नेतृत्वको सरकारमा जान खुट्टा उचालेसँगै पार्टी पंक्ती भित्रै बाट आलोचनामा परेका छन ।
भारतको जासूसी संस्था रिसर्च एण्ड एनलिसिस् विङ रअ का नेपाल प्रमुख विवेक जोहरीले केही दिन अगाडि मात्र अध्यक्ष थापालाई भेटी संविधान संसोधनको पक्षमा साथ दिन आग्ह गरेका थिए ।
सो भेट पछाडि कमल थापा उपप्रधानसहित ३ महत्वपूर्ण मन्त्रालय लिएर सरकारमा सहभागी हुन तयारी गरिरहेको राप्रपा स्रोतको दावी छ ।
राप्रपाभित्रकै समेत ठूलो समूह भारतीय एजेण्डालाई समर्थन गरेर अहिले सरकारमा सहभागी हुन नहुने अडानमा छ ।
केपी ओली नेतृत्वको सरकामा छँदा कमल थापाले बनाएको छविले पार्टीलाई फाइदा पुुगेको र ‘राष्ट्रवादी’को रुपमा स्थापित हुने अवसर प्राप्त भएकोमा यदि प्रचण्ड नेतृत्वको सरकारमा गए त्यो साख समाप्त हुने राप्रपाका अधिकांशको ठहर छ ।
‘अध्यक्ष जी सरकारमा जान हतारिनुु भएको छ ।’ राप्रपाका एक नेताले भने–‘तर भारतको एजेण्डालाई समर्थन गरेर सरकारमा सहभागी भए पार्टी सिद्धिन्छ, बल्लतल्ल बनेको राष्ट्रवादी छवि समेत धूमिल बन्नेछ ।‘
उनीहरुले बल्लतल्ल एकीकृत भएको राप्रपा फूटाएरै भए पनि चलखेल गर्ने रणनीति बनाएका बुझिएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्