×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

राप्रपा अध्यक्ष थापाले लिए गृह जिल्ला मकवानपुरबाट दोस्रो पटक पार्टी सदस्यता

LAXMI SUNRISE BANK
GLOBAL

राप्रपा अध्यक्ष थापाले लिए गृह जिल्ला मकवानपुरबाट दोस्रो पटक पार्टी सदस्यता

२ माघ २०७३, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार संम्वाददाता 

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टीका साधारण सदस्य लगत सङ्कलन कार्य आईतबारदेखी सुरु भएको छ । पार्टीको आसन्न महाधिवेशन प्रयोजनका लागि विशेष अभियानका रुपमा गत मङ्सिर २५ देखि पुस २९ गतेसम्म देशभरसदस्यता वितरण गरिएको थियो । सो अवधिभर सदस्य बनेकाहरुको यही माघ ७ गते अगावै लगत सङ्कलन गरी पार्टीमा अभिलेख राखिने छ ।
पार्टीका प्रवक्ता राजाराम श्रेष्ठका अनुसार केन्द्रीय निर्वाचन समिति अन्तर्गत रहने गरी प्रत्येक जिल्लामा निर्वाचन समिति गठन गरिएको छ ।
साधरण सदस्य भएकामध्येबाट केहीलाई वडा समितिमा मनोनयन गरिने छ । उनले यही माघको दोस्रो हप्ताभर देशभर वडा, गाउँ र नगर कार्यसमितिको अधिवेशन तथा माघ २१ गते दुई सय ४० निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन गरिने जानकारी दिए  ।
पार्टीको केन्द्रीय अधिवेशन भने आगामी फागुन ६–९ गतेसम्म काठमाडौँ गरिने तय भइसकेको छ । नगर कार्यसमितिबाट प्रतिनिधि छनोट गरिने छ । सोअनुसार महानगरपालिकाबाट चार, उपमहानगरपालिकाबाट तीन, नगरपालिकाबाट दुई, प्रत्येक निर्वाचन क्षेत्र र प्रत्येक जिल्लाबाट नौ नौ, क्रियाशील भ्रातृ सङ्गठनबाट चार जनाको अनुपातमा प्रतिनिधि छनोट गरिने छ ।
पार्टी एकीकरण भएपछि तल्लो तहदेखि माथिल्लो तहसम्मका सबै नेता तथा कार्यकर्ताले नयाँ सदस्यता अनिवार्य रुपमा लिनुपर्ने व्यवस्था पार्टीले गरेको थियो । सोहीअनुसार पार्टीका अध्यक्ष कमल थापाले गृह जिल्ला मकवानपुरबाट नयाँ सदस्यता लिएका छन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी