
- अर्थ सरोकार संम्वाददाता
काठमाडौं – काष्ठमण्डप डेभलपमेन्ट बैंकले चालु आर्थिक वर्षको २०७३ पौष सम्ममा दश करोडभन्दा बढी खुद नाफा कमाएको छ । बैंकको ७ अर्व ८३ करोड निक्षेप तथा ६ अर्व ४३ करोड कर्जा लगानी भएको बैंकले जारी गरेको प्रेस विज्ञप्तीमा उल्लेख छ ।
यस्तै बैंकले नेपाल धितोपत्र बोर्डबाट आस्वा प्रणाली अनुरुप सार्वजनिक निष्काशन हुँदाका बखत लगानीकर्ताहरुबाट दरखास्त संकलन तथा त्यस सम्बन्धी काम गर्ने अनुपति प्राप्त गरेको जनाएको छ ।
बैंकका अनुसार धितोपत्र बोर्डले व्यवस्था गरे अनुसार बैंकको केन्द्रीय कार्यालय र शाखा कार्यालयहरुबाट आश्वा सुविधा दिइने छ ।
यस प्रणाली अन्तर्गत धितोपत्र निष्काशन हुँदाको बखत लगानीकर्ताहरुबाट दरखास्त बुझेर लगानीकर्ताहरुको खातामा रकम रोक्का राखि दरखास्तको निस्सा दिईनेछ । धितोपत्र बाँडफाँड भएपछि निवेदनको भागमा परेको रकम बराबर मात्र उक्त खाताहरुमा डेविट गरी बाँकी रकम फुकुवा गरिने पनि बैंकले जनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्