Skip to content
LAXMI SUNRISE BANK

केरुङ नाकाबाट तस्करीको संख्या बढ्दै

अर्थ सरोकार

  • अर्थ सरोकार संम्वाददाता 

काठमाडौं – पछिल्लो दुई महिना अवधिमा प्रहरीले काठमाडौंबाट ४० किलो सुन बरामद गरेको छ। ती सबै केरुङ नाका हुँदै नेपाल भित्रिएका थिए। भुइँचालोपछि बन्द भएको तातोपानी नाका अहिलेसम्म नखुलेकाले केरुङ हुँदै तस्करी बढेको प्रहरीले जनाएको छ।
यति कम समयमा यति ठूलो परिमाणको सुन एउटै नाकाबाट यति धेरै परिणाममा सुन भित्रिनुले केरुङमा सीमा सुरक्षा स्थिति कमजोर भएको आँकलन गर्न सकिन्छ जबकि, केरुङबाट काठमाडौं आउँदा १३ ठाउँमा प्रहरी जाँच छ।
रसुवामा मात्र ११ ठाउँमा प्रहरी जाँच पार गर्नुपर्छ। यसबाहेक नुवाकोटमा त्रिशूली र काठमाडौंमा गल्छीको बाटो आए थानकोट र ककनी हुँदै आए बालाजु प्रहरीले पनि जाँच गर्छ। केरुङबाट आउँदा सबैभन्दा पहिले रसुवागढीमा भन्सारको चेकजाँच पार गर्नुपर्छ। त्यसपछि सशस्त्र र नेपाल प्रहरी दुवैले संयुक्त रूपमा जाँच गर्छन्।
रसुवागढी नाघेर आएपछि टिमुरेमा सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले छट्टाछुट्टै जाँच गर्छन्। यति मात्र होइन, स्याफ्रुबेसीमा सेना, धुन्चेमा सशस्त्र र नेपाल प्रहरीको जाँच गर्ने स्थान फरक–फरक छ। 
धुन्चेमा सेनाले पनि जाँच गर्छ। त्यसपछि कालिकास्थानमा सेना र बेत्रावतिमा नेपाल प्रहरीले छुट्टाछुट्टै जाँच गर्छन्। यत्रो सुरक्षा घेरा तोडेर तस्करहरू काठमाडौंसम्म सुन ल्याइपुर्याउन कसरी सफल हुन्छन् ? त्यो भने अनुसन्धानकै गर्भमा छ ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK