
- अर्थ सरोकार संम्वाददाता
काठमाण्डौ – नेपाल खाद्य संस्थानले आइतबारदेखि जुम्लामा सिमी र फापर संकलन गर्न सुरु गरेको छ। जिल्लाका सिमी र फापर संकलन गरेर काठमाडौंमा बिक्री गर्ने उद्देश्यले खाद्य संस्थानले जुम्लामा स्थानीय उत्पादन संकलन सुरु गरेको हो। कार्यालयले यसवर्ष जुम्लामा ८० क्वीन्टल फापर र ४५० क्वीन्टल सिमी खरिद गर्ने जनाएको छ।
एक क्वीन्टलको ११ हजार रुपैयाँका दरले ४९ लाख ५० हजार रुपैयाँको सिमी र एक क्वीन्टलको ८ हजारका दरले ८० क्वीन्टलको ६ लाख ४० हजार रुपैयाँको फापर खरिद गर्न लागिएको यहाँका शाखा प्रमुख रणबहादुर ऐरले जानकारी दिए। उनले फापर ८० क्वीन्टल खरिद भइसकेको तर सिमी अहिलेसम्म ७ क्वीन्टल मात्र खरिद भएको बताए।
यसअघि नै व्यापारीहरुले किसानलाई चामल दिएर घरबाटै ट्याक्टरमा सिमी लिइसकेकोले यसको संकलनमा कमी आएको होु उनले भने। संस्थानले दिने भन्दा व्यापारीले किसानलाई बढी मुल्य दिएकाले गाउँमा सिमीको बिक्री भइसकेको छ। लक्ष्य राखे अनुसारको कोटा पूर्ति नहुन पनि सक्छ शाखा प्रमुख ऐरले भने। फापर भने गत वर्षकै खपत नभएकोले यसवर्ष कम मात्र खरिद गरिएको उनले बताए।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्