
- अर्थ सरोकार संम्वाददाता
काठमाण्डौ – रोल्पाको सदरमुकाम लिवाङमा सञ्चालन गरिने भनिएको तेस्रो साना सहरी खानेपानी तथा सरसफाइ परियोजना लामो समय बितिसक्दासमेत सञ्चालन हुन नसक्दा उपभोक्ता निरास भएका छन् ।
एसियाली विकास बैंकको सहयोगमा लिवाङ नगरपालिका–५, ६, ७ र ८ का झन्डै एक हजार चार सय बढी घरधुरीलाई स्वच्छ खानेपानी तथा सरसफाइको सुविधा दिने गरी परियोजना सुरु हुने भनिए पनि हालसम्म मुहान दर्ता विवादका कारण प्रक्रिया अगाडि नबढ्दा उपभोक्ता निरास भएको खानेपानी तथा सरसफाइ उपभोक्ता महासङ्घ रोल्पाका अध्यक्ष तीर्था आचार्यले बताए ।
परियोजना सञ्चालनका लागि स्थानीय व्यवस्थापन गरिरहेको लिवाङबजार खानेपानी उपभोक्ता सरसफाइ समितिका अध्यक्ष मानबहादुर खत्रीले ‘डिटेल स्टिमेटको काम अन्तिम चरणमा पुगेको’ जानकारी दिए । “समितिका तर्फबाट गर्नुपर्ने काम गरेका छौँ, जिल्ला जलस्रोत समितिले हालसम्म पनि मुहान दर्ताको प्रमाणपत्र दिन सकेको छैन, मुहान दर्ता प्रमाणपत्र पाउने बित्तिकै परियोजना अगाडि बढ्छ,” खत्रीले भने ।
मुहान दर्ता हुन नसक्नुको कारणबारे खानेपानी तथा सरसफाइ सबडिभिजन कार्यालय रोल्पाका सरसफाइ फोकल पर्सन डिल्लीराज न्यौपानेसँग जिज्ञासा राख्दा स्थानीय उपभोक्तासँग विभिन्न चरणमा छलफल भइरहेको र स्थानीय समुदायको जायज माग पनि सुन्नुपर्ने भएका कारण प्रक्रिया केही लम्बिएको बताए ।
करिब रु ३६ करोडको लागतमा सो योजना सुरु हुन लागेको खानेपानी उपभोक्ता समितिले बताएको छ । सो बजेटमध्ये ७० प्रतिशत एसियाली विकास बैंकको अनुदान सहयोग र बाँकी बजेट स्थानीय समुदायले व्यहोर्ने बताइएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्