
- अर्थ सरोकार संम्वाददाता
काठमाण्डौ – नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा पेश भएको संविधान संशोधन मधेशी जनताको नभई केही मधेसी नेताको हितमा रहको बताएका छन्। प्रेस चौतारी झापाले बुधबार दमकमा गरेको पत्रकार सम्मेलनमा उनले भने, ‘संविधान संशोधन मधेसी जनताको माग होइन, बाह्य इशारामा मधेसका केही नेताले ल्याएका हुन्।
उनले संविधान संशोधन विधेयक कुनै हालतमा पास हुन नदिने अडान दाहोर्याउँदै सरकारले हिमाल, पहाड र तराईमा मिलेर बसेका जनताबीचको एकता बिथोल्न खोजेको आरोप लगाए। ओलीले वर्तमान सरकार गठन प्रक्रिया नै गलत भएको दाबी गरे। ‘लोकमानसिंह कार्कीजस्तै सरकारको गठन प्रक्रिया नै गलत ढंगले भएको छ, उनले भने, ‘त्यसैले यो सरकारले राष्ट्रको हितमा काम गर्न सक्दैन।’
मधेश आन्दोलन, प्रतिपक्षी कांग्रेसको कमजोर भूमिका र भारतीय नाकाबन्दीका बाबजुत आफूनेतृत्वको सरकारले प्रभावकारी काम गरेको भन्दै उनले वर्तमान सरकारले उल्लेख्य काम गर्न नसकेको दाबी गरे। अध्यक्ष ओलीले भूकम्प प्रभावित जनता अझै पालमुनि बस्न बाध्य भएको भन्दै संविधान संशोधनको कुरा छाडेर पुनर्निर्माणमा लाग्न सरकारलाई आग्रह गरे।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्