
- अर्थ सरोकार संम्वाददाता
काठमाण्डौ – नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जातीय कुरा उठाएर सद्भाव भड्काउन खोजेको आरोप लगाएका छन्। झापाको दमकस्थित हिमशिखर टेलिभिजनको सातौँ वार्षिकोत्सव तथा रेडियो हिमशिखर १०३।३ मेगार्हजको उद्घाटन कार्यक्रममा अध्यक्ष ओलीले सरकारले मिलेर बसेको समाजलाई भड्काउने काम गरेको आरोप लगाए।
संविधान संशोधन मार्फत सरकारले हिमाल, पहाड र तराई अलग्याउन खोजेको आरोप उनले लगाए । उनले भने,‘म फेरि पनि भन्छु( हिमाल पहाड र तराई अलग्याउन एमालेले कुनै पनि हालतमा दिँदैन। यसको कल्पना पनि नगरे हुन्छ । जनताले सात दशक लामो संघर्षबाट प्राप्त गरेको संविधान कार्यान्वयनमा सञ्चार माध्यमले समेत महत्वपूर्ण भूमिका खेल्नुपर्ने उनको भनाई छ।
नेपालको संविधान उत्कृष्ट संविधान हो, यसको जनता माझ सही प्रचारप्रसार गरेर सञ्चार माध्यमले संविधान कार्यान्वयनमा सहयोग गर्नु पर्छ।’ देशलाई अहित हुने काम एमालेले कहिल्यै नगर्ने ओलीको कथन थियो। ओलीले सञ्चार माध्यमको तीब्र परिर्वतनसँगै देशमा बेतिथि मैलाएको बताए। सामाजिक सञ्जाल मार्फत प्रयोग गर्नै नहुने शब्द प्रयोग गरेर प्रतिक्रिया दिने गरिएको भन्दै उनले आक्रोश ब्यक्त गरे।
उनले भनेसामाजिक सञ्जालको विकास हुनु नराम्रो कुरा हैन, तर यसलाई सही ठाउँमा सदुपयोग गर्नुपर्छ। राम्रा काम गर्नेलाई सामाजिक सञ्जाल मार्फत नकरात्मक टिप्पणी गर्न पाइँदैन। राम्रा काम गर्नेलाई राजनीतिक आस्थाका आधारमा नकरात्मक टिप्पणी गर्ने काम बन्द गर्नुहोस्।’
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्