
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – सञ्चारकर्मी विजयकुमारले शुक्रबार प्रेस चौतारी नेपालले आयोजना गरेको नेकपा (एमाले) अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको ‘म प्रधानमन्त्री हुँदा’ पुस्तक लोकार्पण कार्यक्रममा आफ्नो भनाइ राख्दै मदन भण्डारी, मनमोहन अधिकारी र केपी ओली एमालेको वपौती नभएको बताएका छन् ।
‘म ओलीजीको दुईवटा गुणबाट प्रभावित छु । पहिलो ओलीको स्वप्नदर्शी क्षमता र दोस्रो राजनीतिमा संघर्ष गरेको आएको व्यक्तित्व ।’ उनले भने । उनले ओलीले प्रधानमन्त्री पद छाड्ने बेलामा बालुवाटार बोलाएर प्रधानमन्त्री निवास परिसरमा विरुवा रोप्न लगाएको क्षण आफूलाई निकै सम्झनलायक भएको समेत सम्झना गरे । ‘मलाई उहाँले बालुवाटार बोलाउनु भएको थियो, गए । मलाई उहाँको सुरक्षामा खटिएका सुरक्षाकर्मीले ओलीजी भए ठाउँमा लैजानुभयो । ओलीजीले बालुवाटार छाड्दा रुख रोपेर मात्र जाने भन्नुभयो र मलाई पनि रुख रोप्न लगाउनुभयो । उहाँले मलाई यो तपाईँलाई पुरस्कार हो भन्नुभयो, मैले पर्दैन पुरस्कार भने ।
उनले अगाडी भने ‘ओलीजीले हामीले रुख रोपेर गयौँ भने पछि पनि मैले रोपेको रुख बालुवाटारमा छ हेर्न जान्छु भन्न पाइन्छ’ भन्दा म खुशी भए ।’ विजय कुमारले ओलीलाई मदन भण्डारी, वीपी कोइराला, मनमोहन अधिकारी, कृष्णप्रसाद कोइरालाकै हाराहारीमा राखे । ‘तपाईँले जुन मुद्धा उठाउनु भएको छ, त्यो हराएर जाने अवस्था नआवोस्,’ उनले भने, ‘तपाईँले उठाएको राष्ट्रियताको मुद्धा ‘इद्रधनुष’ बन्न सकोस् शुभकामना ।’
मन्तव्यकै क्रममा विजय कुमारले एमालेलाई केही सल्लाह पनि दिए । उनले मदन भण्डारी, मनमोहन अधिकारी र केपी ओलीलाई पार्टीको वपौती नठान्न सुझाव दिए । ‘ओलीजी तपाईँ राजनेता हुनुहुन्छ, राष्ट्रको नेता बन्नुहोला,’ उनले भने ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्