
- अर्थ सरोकार संम्वाददाता
काठमाडौं – संविधान संशोधन विधेयकबारे सर्वोच्च अदालतले दिएको फैसला पछि विकसित राजनीतिबारे छलफल गर्न प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको स्थायी समिति बैठक बसिरहेको छ।
अध्यक्ष केपी शर्मा ओली निवास भक्तपुर बालकोटमा बसिरहेको बैठकमा संविधान संशोधन विधेयकका बारेमा सर्वोच्च अदालतले दिएको आदेशबारे छलफल हुने एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले जानकारी दिए। संशोधन विधेयक संसदमा पेश गर्न नदिन माग गर्दै परेको रिटमा सर्वोच्चले सोमबार अन्तरिम आदेश दिन नपर्ने ठहर गरेको थियो। सर्वोच्चको आदेशपछि सदनको अवरोध हटाउने कि यथावत राख्ने भन्ने विषयमा एमालेले निर्णय गर्नेछ।
एमाले नेताहरुका अनुसार सर्वोच्च आदलतको आदेशको सम्मान गर्दै अवरोध हटाउने निर्णय बैठकले गर्नेछ। एमालेको बैठकको निर्णयपछि दिउँसो सहयात्री प्रतिपक्षी अन्य साना दलसँग छलफल गरी आधिकारिक धारणा तय गरिने एमालेले जनाएको छ। एमालेले विगत एक महिनादेखि संसद बैठक अवरुद्ध गर्दै आएको छ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्