
- अर्थ सरोकार संम्वाददाता
काठमाण्डौ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दुई चार दिनभित्रै मुलुक निर्वाचनतर्फ अघि बढ्ने बताएका छन्। विराटनगर विमानस्थलमा सोमबार बिहान पत्रकारसँग कुरा गर्दै अध्यक्ष ओलीले सबैले बुझ्ने गरी देशले निकास पाएको खबर केही दिनमा आउने बताएका हुन्।
संसदमा संविधान संशोधन विधेयक, निर्वाचन कानून निर्माणसम्बन्धी विधेयक दर्ता भएसँगै देशले निकास पाएको होरु भन्ने संचारकर्मीको प्रश्नमा ओलीले निर्वाचन तर्फ मुलुक गएको बताए। ‘निकास तपाईहरुले बुझ्ने गरी निस्कन बाँकी छ, केही दिनमा सार्वजनिक हुन्छ, २र४ दिनमा संसदको प्रक्रिया अनुसार काम हुन्छ र निर्वाचन तर्फ मुलुक जान्छ जानुपर्छ’ ओलीले भने। सरकारले होहल्ला र विरोधकाबीच राखेको संविधान संशोधन प्रस्ताव भने पारित नहुने ओलीले दाबी गरे।
‘संविधान संशोधन प्रस्ताव पास हुँदैन, अहिलेको संसद रहँदासम्म पारित हुन हामी दिँदैनौं’, ओलीले भने, ‘सरकारले अदालतको आदेश मान्दै प्रस्ताव फिर्ता लिनेको साटो दर्ता गरेर अदालतको भाषा बुझेन।’ संशोधन प्रस्ताव पारित नभए निर्वाचन हुन पनि नसक्ने र सहभागी पनि हुन नसक्ने भन्ने मधेशी मोर्चाका नेताहरुले गैर कानूनी र असंवैधानिक तर्क गरेको बताए। ‘कोही कसैले निर्वाचनमा अवरोध गरे सरकारले रोक्नुपर्छ,’ ओलीले भने, ‘जिद्धी र अहंकारले हुँदैन सबै समझदारीमा आउनुपर्छ।’
ओलीले आ–आफ्नो स्वार्थ भन्दा माथि उठेर देश र राष्ट्र सम्झेर सत्तापक्षले अघि बढ्ने हो भने पुनः देश सहमतिको बाटोमा अघि बढ्ने बताए। अख्तियार प्रमुख लोकमानसिंह कार्की नियुक्तिलाई अदालतले बदर गरेपछि उनले गरेका निर्णय र सेवा सुविधाको विषयमा के गर्ने भन्ने विषय दलहरुबीच आपसी छलफल गरेर टुंगो लगाउने ओलीले बताए। एमाले अध्यक्ष ओली नेकपा एमाले मोरङको जिल्ला अधिवेशन उद्घाटन गर्न विराटनगर आएका हुन्।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्