×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अनेमसंघले राख्यो कृपाशुरलाई कारबाही गर्ने माग

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

अनेमसंघले राख्यो कृपाशुरलाई कारबाही गर्ने माग

Artha Sarokar

२२ पुष २०७३, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार संम्वाददाता 

काठमाडौ – पूर्वमन्त्री तथा एमाले सांसद कृपासुर शेर्पाले आफ्नै छोरालाई पक्राउ गराएका छन् । अंश माग्दै आएका छोरा गणेश शेर्पालाई उनले प्रहरी लगाएर पक्रउा गराएका हुन ।
अंशका लागि छलफल गर्न भन्दै बोलाएर शेर्पाले छोरा गणेशलाई प्रहरीको जिम्मा लगाएको एक एमाले कार्यकर्ताले बताए । गणेशलाई गौरीधारा बिटले काठमाडौँको चावाहीलस्थित हेल्पिङ ह्याण्ड हस्पिटल नजिकैबाट पक्राउ गरेको हो ।
छोरालाई चावाहिलमा बोलाएका उनले पल्यिै प्रहरी पनि बोलाएका थिए । केही बेर छलफल गरेपछि कृपाशुरले ‘यसलाई लैजाओ’ भन्दै प्रहरीलाई निर्देशन दिएका थिए ।
कृपाशुरले आफ्नै माहिली श्रीमतीपट्टीबाट जन्मेका गणेशलाई अस्विकार गर्दै आएका थिए । गत बर्ष पर्यटन मन्त्री भएसँगै कृपाशुरको पारिवारिक कथा बाहिर आएको थियो । मन्त्री पद खुस्किने सम्भावना बढेपछि उनले गणेशलाई नागरिकता दिएका थिए ।
अंशपनि दिने आश्वासन दिएपछि गणेशको बुबासँग मिल्ती भएको थियो । मन्त्री पदबाट बाहिरिएसँगै उनले छोरालाई अंश नदिने बताएका थिए ।
प्रहरी थुनामा रहेका गणेशले भने ‘बाबाले बोलाएर गएको हुँ, अंशका लागि छलफल गर्न आइज भन्नु भयो । म खुशी हुँदै गएँ’ गौशाला प्रहरी प्रभागमा गणेशले रुँदै भने ‘प्रहरी बोलाएर राख्नुभएको रहेछ । मलाई बिनाकसुर पक्राउ गरियो ।’
पुुर्वमन्त्री र पार्टीको सांसदबाटै यस्तो घृणित कार्य भएपछी एमाले नेतृत्वमाथी कृपासुरलाई कारबाही गरेर छोरालाई अंश दिलाउन दवाव परेको छ ।
पार्टीको भातृ संगठन अनेमसंघले कृपासुरलाई कारबाही नगरिए पत्रकार सम्मेलन गरेर भण्डाफोर गर्ने चेतावनी अध्यक्ष केपी शर्मा ओली र महासचिव ईश्वर पोखरेललाई दिईसकेको स्रोतले बताएको छ ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी