×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

कृषि बिकास बैंकमा कम्प्युटर खरिद टेण्डरमा यसरी भयो घोटाला, कमिसनको कुरा नमिलेपछि नियम विपरित निर्णय !

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं- कृषि बिकास बैंकमा आर्थिक घोटालाको खबर छ । बैंकका सिईओ लीलाप्रकाश सिटौला र प्रशासक रुद्रप्रसाद उपाध्यायको मिलेमतोमा ९ लाख बढी बोल कबोल गर्ने कम्पनीलाई मिलेमतो गरी सुटुक्क टेण्डर पारेको तथ्य खुलेको हो ।
‘सार्वजनिक खरिद ऐन विपरित कमिसनको लोभमा काम भएको छ । ऐन विपरित बढी रकम कबोल गर्ने कम्पनीलाई काम दिईएको छ । कम मूल्य गर्ने कम्पनीले त्यत्रो कमिशन दिन नमानेपछि बढी मूल्य पेश गर्ने कम्पनीलाई टेण्डर पारिएको हो ‘ स्रोतले अर्थ सरोकार डटकमलाइ जानकारी गरायो । 
‘२ सय वटा कम्प्युटर खरिद प्रक्रियामा बैंकले म्याक्स ईन्टरनेशनल प्रा.लिको टेण्डरलाई स्वीकृत गरेको छ जसले १ करोड ४८ लाखमा टेण्डर हालेको थियो भने कम्प्रो कम्प्युटर प्रा.लिले १ करोड ३९ लाखमा टेन्डर हालेको थियो ।’ स्रोतले अर्थ सरोकार डटकमसँग भन्यो । 
यता बैंकका प्रशासक रुद्रप्रसाद उपाध्यायले त्यस्तो कुनै आर्थिक हिनामिना नभएको बताएका छन्  । ‘मापदण्ड पूरा भएका कम्पनीहरुलाइ मात्रै सर्टलिस्टमा राखेका हौँ । कुनै पनि घोटाला भएको छैन । आउनुहोस् अफिसमै बसेर कुरा गरौँ । ‘ उनले भने । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: