
- अर्थ सरोकार संम्वाददाता
काठमाडौं – उपप्रधान एवम् अर्थमन्त्री कृष्णबहादुर महराले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अन्तर्गत भन्सारको अवस्था तुरुन्त सुधार्न निर्देशन दिएका छन्। भन्सार विभागका महानिर्देशक शिशिर ढुंगानालाई मन्त्रालयमा नै बोलाएर अर्थमन्त्री महराले पूरै कर्मचारी फेरेर भएपनि कार्यसञ्चालनमा सुधार ल्याउन निर्देशन दिएका हुन्।
एयरपोर्ट भन्सारमा एउटै कर्मचारी वर्षौदेखि बसेको भन्ने सुनेको छु, त्यस्तो हुनुभएन,’ अर्थमन्त्री महराले महानिर्देशक ढुंगानालाई निर्देशन दिँदै भने, ‘एउटा कर्मचारी एक वर्षभन्दा बढी त्यहाँ राख्नु भएन।’ एउटै कर्मचारी भन्सारमा वर्षौँ बसेर तस्करहरुसँग सेटिङ मिलाउने गरेको गुनासो आफूसामु आएको महराकव भनाइ थिए।
अर्थमन्त्री महराले आधुनिक उपकरण र सुरक्षाका सबै उपाय अबलम्बन गएर भन्सारलाई चुस्त दुरुस्त तथा प्रभावकारी बनाउन पनि निर्देशन दिए। भेटमा महानिर्देशक ढुंगानाले विमानस्थल भन्सारका कर्मचारीबारे अनुसन्धान भइरहेको जानकारी गराएको अर्थमन्त्रालयका सूचना तथा सञ्चार विज्ञ त्रिभुवन पौडेलले जानकारी दिए। अनावश्यक कर्मचारीलाई हटाउर सेवा छिटो–छरितो बनाउने तयारी भइरहेको उनले मन्त्री महरालाई जानकारी दिए।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्