×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

जग्गाधनीलाई थाहै नदिई यसरी बिक्री भयो करोडौको जग्गा

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

जग्गाधनीलाई थाहै नदिई यसरी बिक्री भयो करोडौको जग्गा

१९ पुष २०७३, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाण्डौ – भण्डारा–२ चितवनका लोकेन्द्रराज पाठक त्यतिबेला झसंग भए, जब उनको नाममा रहेको तीन बिगाह एक कठ्ठा पाँच धुर जग्गा अरु कसैले बेचेको पत्तो पाए । देवेन्द्र थापालगायतको गिरोहले काठमाडौं डिल्लीबजार र चितवन मालपोतका कर्मचारीसँग मिलेर उनको जग्गा बेचेको अनुसन्धानबाट खुलेको छ ।
जग्गा धनी पाठकको नागरिकता तथा लालपुर्जा नै किर्ते बनाएर जग्गा बिक्री गरिएको हो । केन्द्रीय अनुसन्धान ब्युरोका अनुसार पाठकको लालपुर्जाको फोटोकपिका आधारमा थापाले जग्गाधनीको नागरिकता र लालपुर्जा बनाएका थिए । कान्तिपुरले खबर लेखेको छ ।
गिरोहले उक्त जग्गा २०६६ माघमा काठमाडौंस्थित डिल्लीबजार मालपोतमार्फत जिल्लाविहिन अर्थात बेजिल्ले कागजात बनाएर जीवनराज पाठकलाई एक लाख रुपैयाँमा बेच्यो । अनौठो त के छ भने, यसरी जग्गा किन्ने जीवनराज नाम गरेको मान्छेको अस्तित्व भने कागजमा मात्रै छ । ब्युरोका प्रवक्ता प्रहरी उपरिक्षक मीरा चौधरीले भनिन्, ‘अनुसन्धानबाट जीवनराज भन्ने मान्छे नै छैन भन्ने पत्तो लाग्यो । किर्ते नाम र किर्ते कागजका आधारमा जग्गा बेचिएको रहेछ ।’
यसरी जग्गाधनीको नक्कली कागजातका आधारमा नक्कली मान्छेलाई जग्गा बेचिएको सक्कली कागजात डिल्लीबजार मालपोतबाट गिरोहले प्राप्त गर्‍यो । नियमअनुसार बेजिल्ले पास गरिएको जग्गा उक्त जग्गा रहेको जिल्लास्थित मालपोत कार्यालयमा पठाउनका लागि सिलबन्दी गरेर हुलाकमाफर्त कागजात पठाईन्छ वा कर्मचारीकै हातबाट पठाईन्छ । तर गिरोहसँग मिलेका कर्मचारीले भने उक्त कागजात गिरोहकै सदस्यलाई दिएर पठाए । कागजातमा एक लाख रुपैयाँमा बेचेको लेखिए पनि गिरोहले अगाडी दुई अंक थपेर २१ लाखमा बेचेको बनायो ।
जग्गा किनबेचको श्रृंखला यतिमै रोकिएन । नक्कली कागजकै भरमा कर्मचारी र गिरोहले मिलेर उक्त जग्गा नक्कली जीवनराजबाट २०६६ चैतमा मकवानपुरस्थित नेचुरल फ्लावर एण्ड हर्बल कम्पनीलाई ४९ लाख ५० हजार रुपैयाँमा बिक्री गरियो । हर्बल कम्पनीले उक्त जग्गासहित तीनवटा घर धितो राखेर २०६९ साउनमा प्राइम बैंकबाट आठ करोड रुपैयाँ निकाल्यो ।
किर्ते गरी जग्गा किनबेच गरेको आरोपमा प्रहरीले मोरङ इटहराका देवेन्द्र थापा, झापा गौरिगन्जका नगेन्द्र कार्की, खोटाङ घर भई ललितपुर बस्ने मीनबहादुर भट्टराईलाई केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेको छ । पीडित पाठकले आफ्नो जग्गा किर्ते गरि बिक्री गरिएको थाहा पाएपछि बदरका लागि चितवन जिल्ला अदालतमा मुद्दा दिएका छन् ।
‘किर्ते जग्गा किनबेचमा संलगन अरु माथि पनि अनुसन्धान भईरहेको छ,’ ब्युरो प्रवक्ता चौधरीले भनिन्, ‘सरकारी कर्मचारी र अरु पनि छिट्टै पक्राउ पर्नेछन् ।’
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: