Skip to content
LAXMI SUNRISE BANK

लाइसेन्स बनाइदिन्छु भनेर ४० हजार घुस लिने लेखापाल पक्राउ

अर्थ सरोकार

  • अर्थ सरोकार संम्वाददाता 

काठमाण्डौ – यातायात व्यवस्था कार्यालय कोसी, चालक अनुमतिपत्र कार्यालय इटहरीका लेखापाल भूपेन्द्र कटवाललाई मंगलबार बिहान अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय इटहरीको टोलीले सेवाग्राहीबाट घुस लिँदालिँदैको अभियोगमा पक्राउ गरेको छ।  
चारपाङ्ग्रे सवारी साधनको अनुमतिपत्र बनाइदिन्छु भन्दै दुई ग्राहकबाट रु ४० हजार घुस लिएको भनिएका लेखापाल कटवाललाई बिहान कार्यालय नजिकैको चिया पसलबाट पक्राउ गरिएको हो । 
कटवालले सेवाग्राही इटहरी–२४ का भूपेन्द्र कटवालसँग रु २० हजार र सङ्खुवासभा तामाफुक गाविसका दीपक थापासँग घुस माग गरेको पीडितले बताएका छन्।  आयोगका प्रहरी निरीक्षक ओमप्रकाश खनालको नेतृत्वमा आएको टोलीले उनलाई नगदसहित पक्राउ गरेर आवश्यक कानुनी कारबाहीका लागि नियन्त्रणमा लिएको छ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK