×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

लोकमान पक्षका वकिलहरुले सर्वोच्चमा आज बहस गर्ने

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

लोकमान पक्षका वकिलहरुले सर्वोच्चमा आज बहस गर्ने

२१ पुष २०७३, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार संम्वाददाता 

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्की विरुद्धको मुद्दामा सर्वोच्च अदालतमा बिहीबार सुनुवाइ हुने भएको छ । पुस ७ गतेदेखि सुरु भएको सुनुवाई दुई दिन भएपछि १२ दिनका लागि स्थगित भएको थियो। 
बिहीबार कार्की पक्षका वकिलहरुले बहस गर्नेछन् । न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, डा आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हाको पूर्ण इजलासमा सुनुवाई भइरहेको हो । कार्की र सरकारको तर्फबाट बहस सकिएपछि रिट निवेदक अधिवक्ता ओमप्रकाश अर्यालको पक्षबाट जवाफी बहस सुरु हुनेछ । 
कार्कीको नियुक्ति संविधान विपरीत भएको जिकिर गर्दै अधिवक्ता अर्यालले दिएको रिट निवेदन खारेज भइसकेपनि त्यसलाई पुनरवलोकन गर्ने निर्णय सर्वोच्च अदालतले गरेको थियो । दुवै पक्षको बहस सकिएपछि सर्वोच्चले कार्कीको नियुक्ति संविधान सम्मत भए नभएको बारे निर्णय दिनेछ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: