Skip to content
LAXMI SUNRISE BANK

निवास छोड्दा मलिन देखियो कार्कीको अनुहार

अर्थ सरोकार

काठमाडौं – सर्वोच्च अदालतको फैसलासँगै अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुखबाट पदमुक्त भएका लोकमानसिंह कार्कीले सरकारी निवास छोडेका छन्।
सर्वोच्चले पाँच दिन अघि कार्कीलाई अख्तियार प्रमुख हुन अयोग्य भएको फैसला सुनाएको थियो। फैसलासँगै स्वतः पदमुक्त भएका कार्कीले लगत्तै सरकारी निवास छोड्नुपर्ने भए पनि पाँच दिन पछि मात्र छोडेका हुन्।
अख्तियार प्रमुखको निवास अख्तियार कार्यालयसँगै जोडिएको छ। कार्की सरकारी निवासबाट बिहिबार साँझ साढे ६ बजे निस्किएका हुन्। बा७च ७८५८ नम्बरको कालो कारमा सरकारी निवासबाट बाहिरिएका कार्कीको अनुहार मलिन थियो।
स्रोतका अनुसार निवासबाट बाहिरिँदा कारको अघिल्लो सिटमा छोरी थिइन् भने पछिल्लो सिटमा श्रीमतीसँगै कार्की बसेका थिए। आफू निस्कनुभन्दा करिब २ घन्टा अगाडि आमा भूमालाई कार्कीले निवासबाट पठाएका थिए।
स्रोतका अनुसार कार्की आफ्ना भाई बालमानसिंह कार्कीको बानेश्वरस्थित घरमा गएका छन्। लोकमानका भाई किष्ट मेडिकलका सञ्चालक हुन्। यो खबर हामीले आजको नागरिक दैनिकबाट लिएका हौ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK