
- अर्थ सरोकार संम्वाददाता
काठमाण्डौ – रूपन्देही जिल्लामा बुधवारदेखि ग्यासको मूल्य घटेको छ। आयल निगमले पुस २० गतेदेखि नै रुपन्देहीमा प्रतिसिलिन्डर रु २० घटाए पनि ग्यास बिक्रेता संघको आन्दोलनले लागु हुन सकेको थिएन ।
नेपाल आयल निगमका अनुसार भारतको मथुरा र कर्नाल डिपोबाट आउने आयल निगम क्षेत्रीय कार्यालय भलवारीको ढुवानी खर्च कम भएकाले मूल्य घटाइएको हो। निगम केन्द्रीय कार्यालयले रुपन्देही, दाङ, बाँके, कैलाली र कन्चनपुर जिल्लामा मूल्य घटाएको छ ।
नेपाल आयल निगम क्षेत्रीय कार्यालय भलवारीका अनुसार नयाँ निर्णयअनुसार अबदेखि उपभोक्ताले रु एक हजार ३०५ मा ग्यास खरिद गर्न पाउनेछन्। रुपन्देहीमा चारवटा ग्यास उद्योग सञ्चालनमा छन्।
यसैबीच नेपाल आयल निगमले रुपन्देहीमा खाना पकाउने एलपी ग्यासको उपभोक्ता मूल्य घटाएपछि आफूहरुले पाउँदै आएको कमिशन कम भएको भन्दै आन्दोलनमा उत्रिएका बिक्रेता र ग्यास उद्योगीबीच आज सहमति भएको छ। सहमतिसँगै ग्यास बिक्रेताले ग्यास उपभोक्तालाई बिक्री गर्न थालेका छन्।
बुटवलमा यस क्षेत्रका ग्यास उद्योगी र ग्यास बिक्रेता सङ्घको संयुक्त बैठक बसेर सबै क्षेत्रमा भएको मूल्यवृद्धि र लगानीअनुसार ग्यासको कारोबारमा सरकारले दिएको कमिशन न्युन भएको भन्दै व्यवसायीले आन्दोलन गर्दै आएका थिए।
उद्योगी र बिक्रेताले भ्याटकै कारण उद्योगी र बिक्रेता दुवै मर्कामा परेको निष्कर्ष निकाल्दै भ्याट खारेजी र बिक्रेताले पाउँदै आएको कमिशन यथावत कायम गराउन सरकारलाई माघ १९ गतेसम्म समय दिने र त्यतिबेलासम्म माग पूरा नभए संयुक्तरुपमा आन्दोलन गर्ने सहमति भएको ग्यास बिक्रेता संघरुपन्देहीका अध्यक्ष वसन्त गौचनले जानकारी दिए। जिल्लामा बुटवल, सिद्धार्थ, त्रिशूल र स्वस्तिक गरी चारवटा ग्यास उद्योग छन्।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्